Comments Add Comment

प्रदेश ४ का कृषिमन्त्रीले सुरु गरे कृषकसँग मन्त्री अभियान


९ फागुन, गोरखा । प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका थापाले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरी हरेक महिना किसानमाझ जाने अभियान घोषणा गरेका हुन् ।

‘हरेक महिना बिभिन्न ठाउँका कृषकहरुको माझ जान्छु, उनीहरुको समस्या बुझ्छु अनि समाधानको उपाय पनि खोज्छु,’ थापाले भने । बेरोजगारी अन्त्य गर्ने क्षेत्र कृषि भएकाले यसको विकासका लागि आफू निरन्तर क्रियाशील रहने उनले बताए ।

थापाले प्रदेशका जिल्लाहरुमा एक जिल्ला एक नमूना बालीको रुपमा पहिचान बनाउने योजना रहेको पनि सुनाए । ‘जुन ठाउँमा जुन बाली राम्रो उत्पादन हुन्छ, त्यसैलाई उक्त ठाउँको पहिचान बनाउने लक्ष्य छ,’ उनले भने ।

अर्गानिक नगदे बाली उत्पादनसँगै कृषि व्यवसायीकरणलाई जोड दिदै प्रदेश ४ लाई कृषि क्षेत्रमा अगाडि बढाउने योजना रहेको उनको भनाइ छ । अहिले आफूले प्रदेशमा कृषिको विभिन्न सम्भावनाहरुको अध्ययन गरिरहेको बताउदै थापाले एक महिनापछि काम शुरु गर्ने बताए ।

बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितलाई मुआब्जा वितरण मात्र नभइ पुनर्बासको व्यवस्था गर्नसमेत पहल गर्ने मन्त्री थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment