Comments Add Comment

नग्मा श्रेष्ठ योण्डर म्युजिक नेपालको नयाँ अनुहार

९ फागुन, काठमाडौं । मिस युनिभर्समा पेजेन्टमा प्रतिष्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ तत्कालै लागू हुने गरी नेपालको नम्बर एक म्युजिक स्ट्रिमिंग एप्लिेकशन योण्डर म्युजिकको ब्राण्ड प्रवर्द्धकको रुपमा चुनिएकी छिन् ।

यस सहकार्य पश्चात योण्डर म्युजिकले उनको व्यक्तित्व र पे्ररणादायी जीवनलाई विश्वव्यापी संगीत प्रतिको मायासँग मेल खाने गरी एनसेलनेटवर्कमास्मार्टफोनबाट सुन्न सकिने गीत संगीत प्रवर्द्धन गर्न राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रमहरुमा समावेश गराउनेछ । नेपाली टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा धेरै वर्ष काम गरेकी नग्माको सधैं नै संगीत, फिटनेस र फेशन प्रति लगाव छ ।

काठमाडौंमै जन्मे हुर्केकी नग्माले सन् २०१२ मा नेपाललाई फिलिपिन्समा आयोजित मिस अर्थ पेजेन्टमा प्रतिनिधित्व गरेकी थिइन् जसमा उनी शिर्ष आठमा पर्न सफल भएकी थिइन् । यो सफलतापछि उनीअन्तर्राष्ट्रिय पेजेन्टको फाइनलसम्म पुग्ने नेपालकै पहिलो सुन्दरी बनायो । यसका साथै उनी चाइनामा आयोजित वल्र्ड मिस युनिभर्सिटी पेजेन्ट २०१६ मा पनि थर्ड रनर अप भएकी थिइन् ।

यसैगरी, नग्मा इजिप्टमा आयोजित मिस इको युनिभर्सर् २०१६ पेजेन्टको बेस्ट टुरिजम् भिडियो अवार्डकी पनिविजेता हुन् । र,उनले गएको वर्ष अमेरिकामा आयोजित मिस युनिभर्स पेजेन्ट २०१७ मा नेपालको प्रतिनिधित्व गरिन् । श्रेष्ठ फिटनेस, फेशन, डान्स र यात्रामा पनि उत्तिकै रुची राख्छिन् । श्रेष्ठले बालबालिका तथा महिला स्वास्थ र वातावरण सम्बन्धी कामगर्ने विभिन्नसामाजिक संस्थाहरुको पनि सदभावना राजदूतको रुपमा पनि कार्य गरिसकेकी छिन् ।

ँनग्मा एक प्रतिभावान नेपाली नारी हुन् । उनी आफ्नो धरातलमा रही सम्पूर्ण नेपाली महिलाको असाधारण सुन्दरता र बौद्घकितालाई विश्वमञ्जमा प्रतिनिधित्व गर्न पाउँदा गर्विलो महसुस गर्छिन् ।सबैभन्दा महत्वपूर्ण त उनले आफू नेपाली युवाहरुको प्रतिनिधिको रुपमा के गर्न सकिन्छ भने जिम्मेवारी बुझेकी छिन्,ू योण्डर म्युजिक एशियाका अध्यक्ष एडियन ब्रुटनले भने ।

उनका अनुसार योण्डर म्युजिक नेपालको लागि नग्मा एकदमै उत्कृष्ट रोजाइ हुन् । ँनग्मा श्रेष्ठ एकदमै उपयुक्त रोजाइ हुन् । उनी एकदमै प्रतिभावान, गतिशिल र सबैको राम्रो सोच्ने नेपाली हुन् । उनले एकदम स्फूर्तिका साथ आफ्नो व्यस्त जीवन जिउँछिन् र संगीतले पनि उनको जीवनमा ठूलो भूमिका खेल्छ, र योण्डर म्युजिक पनि लाइफस्टाइल प्रोडक्ट नै हो । ‘हामीसँग स्थानीय नेपाली संगीतदेखि नयाँ बलिउड गीतहरु र अन्तर्राष्ट्रिय चार्ट टपरहरुपनि छन्, र योण्डर म्युजिकको लागि उनको व्यक्तिको एकदमै सुहाउँदो छ,’ उनले भने ।

‘म एकदमै उत्साहित छु,ूश्रेष्ठले भन्छिन्,’ संगीत सर्जकलाई पनि आफ्नो कामको उपयुक्त रोयल्टी प्रदान गरी संगीतलाई सर्वसुलभ बनाउने -प्रजातान्त्रिकरण गर्ने) योण्डर म्युजिकको लक्ष्यले नेपालको संगीत क्षेत्रलाई पनि परिवर्तन गर्न सक्छ । र यस्तो अभियानमा सहकार्य गर्न पाउँदा म एकदमै हषिर्त छु । यो एप एकदमै गज्जब छ,ू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment