Comments Add Comment

अष्ट्रेलियाले जित्यो त्रिदेशीय श्रृङ्खलाको उपाधि


९ फागुन, काठमाडौं । न्यूजिल्याण्डमाथि १९ रनको जित हात पार्दै अष्ट्रेलियाले त्रिदेशीय श्रृङ्खलाको उपाधि जितेको छ ।

अकल्याण्डमा भएको फाइनलमा अष्ट्रेलियाले १५१ रनको लक्ष्य पाएको थियो तर, वर्षाले खेल प्रभावित भयो ।

सुरुमा अष्ट्रेलियाले ५.३ ओभरमा ५० रन बनाउँदा पानीले खेल रोकियो । पुन सुचारु भएको खेलमा भ्रमणकारी टोलीले १४.४ ओभरमा ३ विकेट गुमाएर १२१ रन बनाउँदा पानी पर्‍यो । र, डीएल मेथडका आधारमा अष्ट्रेलिया १९ रनले विजयी बन्यो ।

उसका डासी सर्टले ५० रन बनाए । डेभिड वार्नर २५ रनमा आउट भएका थिए । ग्लेन म्याक्सवेल २० र एरोन फिन्च १८ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रन बनाएको थियो । उसका रोज टेलरले सर्वाधिक ४३ रन बनाए ।

अष्ट्रेलियाका आस्टेन एगरले ३ विकेट लिए भने केन रिचर्डसन र एन्ड्र्यू टाइले २-२ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment