Comments Add Comment

दुई वर्षा, जो तौल घटाउन लागिपरेका छन्

नेपाली चलचित्र क्षेत्रमा २ वर्षा निकै चर्चामा छन् । दुबै वर्षामा को कति सफल भन्ने बिषयमा अहिले चर्चा नगरौं । तर, यी दुई यतिबेला एउटै काममा फरक फरक स्थानमा लागिपरेका छन् ।

नायिका वर्षा राउत केहि समयदेखि अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा रहेकी वर्षा होलीपछि मात्र नेपाल आउनेछिन् । उनले अष्ट्रेलिया पुगेर १० केजी तौल घटाउने चर्चा पनि भयो ।

तर, वर्षाले अहिलेसम्म आफूले ४ केजी मात्र तौल घटाउन सकेको बताएकी छिन् । तर, बाँकी कसरत नेपालमा आएर पनि गर्ने उनले बताइन् । धेरैले मोटी भनेपछि वर्षा अहिले तौल घटाउन लागिपरेकी छिन् । उनी, यसमा गम्भीर पनि देखिएकी छिन् ।

यता, नायिका वर्षा सिवाकोटी पनि केही समयदेखि तौल घटाएर सेक्सी देखिन व्यस्त छिन् । चलचित्र ‘भैरे’को छायांकन सकेकी उनले ‘रानी महल’ नामक चलचित्रको पत्रकार सम्मेलनमा हट पहिरन लगाइन् । तर, उनलाई अझै स्लिम र हट बन्न मन लागेको छ । यसकालागि अहिले उनले व्यक्तिगत ट्रेनर नै राखेर ज्यान घटाइरहेकी छिन् ।

वर्षा चलचित्र क्षेत्रमा जम्न चाहन्छिन् । यसैले, पनि अब नयाँ चलचित्रको छायांकन सुरु नभएसम्म गज्जबले ज्यान घटाउने उनको भनाई छ ।

दुबै वर्षा अहिले आफूलाई फिट  देखाउन लागिपरेका छन् । हेरौं, नतिजामा को अगाडि देखिने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment