Comments Add Comment

रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै जन्मियो बच्चा, स्रोताले राखिदिए नाम

रेडियो प्रस्तोता केसेडे प्राक्टर अस्पतालमा शिशुसँग । तस्वीर: प्राक्टरको इन्स्टाग्राम

१० फागुन, काठमाडौं । रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् ।

तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो ।

यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले सोमबार प्रत्यक्ष प्रसारणको एक कार्यक्रम चलाउँदै थिइन् । कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल अस्पताल पुर्याइयो र अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो ।

रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो ।

बीबीसीसँग कुरा गर्दै प्राक्टरले भनेकी छन्- यो मेरालागि एक शानदार अनुभव थियो । सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भयो । त्यसैले अचानक कार्यक्रमको पनि तयारी गर्नुपर्यो ।

प्राक्टरले भनिन्, ‘जीवनको यति महत्वपूर्ण क्षण स्रोताहरुसँग बाँड्न पाउनु मेरो लागि शानदार थियो । यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो ।’

प्राक्टरले बच्चालाई लाइभ शोमा जन्म दिनु आफ्नो नियमित कामकै बिस्तारित रुप भएको बताएकी छन् । उनले भनिन्, ‘यो मेरो कामकै बिस्तार हो, जो म हरेक दिन गर्दछु । म आफ्नो जिन्दगीको हरेक पल आफ्ना स्रोताहरुसँग शेयर गर्दछु ।’

प्राक्टरले बच्चाको नाम जेमसन राखेकी छन् । यो नाम पनि स्रोताहरुबाटै सुझाव लिएर राखिएको हो । बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएको थियो । सबैभन्दा धेरै स्रोताहरुले रोजेको आधारमा बच्चाको नाम ‘जेमसन’ राखियो ।

रेडियो स्टेशनका कार्यक्रम निर्देशक स्कट राडीले स्थानीय मिडियासँग भनेका छन्, ‘दम्पतीले छानेका १२ नामलाई हामीलाई भोटिङमा लग्यौं । जेमसनको जन्म हुँदासम्म भोटिङ चलिरहेको थियो ।’

प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा भएकी छिन् । किनकी उनी केही दिनका लागि सुत्केरी विदामा छिन् ।

भिडियो हेर्नुहोस्

Little Jedi.

A post shared by Cassiday Proctor (@radiocassiday) on

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment