Comments Add Comment

बेलायतबाट क्यान्सर पीडित पारसलाई ८३ हजार सहयोग

बेलायत । सुनसरीको तरहराका क्यान्सर पीडित ७ वर्षीय बालक पारस कार्कीको उपचारका लागि बेलायतबाट ८३ हजार सहयोग भएको छ ।

पोपिराज राईको अगुवाइमा संकलित उक्त रकम लक्ष्मीमार्ग सहयोग संस्थामार्फत बुधवार बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ ।

चलचित्र बिकास वोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता ज्योतिराज राई, मोरङ बेलबारी-११ का वडाअध्यक्ष राजन पोख्रेल, स्थानीय समाजसेवी कमल लिम्बू, लक्ष्मीमार्ग सहयोग संस्थाका संयोजक गोबिन्द भण्डारी लगायतल लक्ष्मी माविको प्राङ्गणमा बालकका हजुरबुबा जंगबहादुर कार्की (हर्ष) लाई हस्तान्तरण गरिएको हो ।

यसअघि लक्ष्मीमार्ग घर भइ हाल हङकङ लगायत विभिन्न देशमा बसोवास गर्ने ब्यक्तिहरुबाट लाखौं रुपयाँ संकलन गरी बिरामीको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

बालकको उपचारका लागि सहयोग जुटने क्रम जारी रहेको छ । क्यान्सर पीडित बालकको परिवारलाई रकम हस्तान्तरण गर्दै राजकुमार राईले भने, ‘पैसाको अभावमा रोगको उपचार गर्न नपाएर कोही पनि लक्ष्मीमार्गवासी मर्नु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment