Comments Add Comment

पत्याउनुहुन्छ ? गाली गर्दा क्षमता बढ्छ

कसैलाई गाली गर्दा वा कसैको गाली खाँदा कसलाई पो मज्जा लाग्ला र ? कसैलाई गाली गर्नु वा आफैले गाली खानु राम्रो कुरा होइन । यसले मानिसको भावनामा चोट पुग्दछ । तर एउटा अध्ययनले भने गालीले मानिसको क्षमता बढाउने र कुनै समस्याको सामना गर्ने हिम्मतमा वृद्धि गर्ने तथ्य पत्ता लगाएको छ ।

यदि तपाइँले कसैलाई सार्वजनिक स्थानमा गालीगलौज गर्नुभयो भने तपाइँले मान्छेहरुले असभ्य तथा खराब मानिस भनेर सोँच्दछन् । तर हामीले जान अन्जानमा दैनिक जिवनमा धेरै पटक कसैलाई गाली गरिरहेका हुन्छौँ र गाली खाइरहेका पनि हुनसक्छौँ ।

कसैलाई गाली गरिरहने मानिसको आदतलाई अरु मान्छेले राम्रो मान्दैनन् । तर शोधकर्ताहरुले भने गाली गर्नु मानिसको स्वास्थ्यका लागि लाभदायक रहेको बताएका छन् । उनीहरुका अनुसार कसैलाई गाली गर्नाले मानिसको हृदयलाई निकै सन्तोष प्राप्त हुन्छ । र आसन्न समस्याहरुलाई सजिलैसँग सामाना गर्न ऊ तयार हुन्छ ।

बेलायतमा सन् २००९ मा एक विश्वविद्यालयले सामाजिक शोध गरेको थियो । त्यसमा केही संख्यामा गालीबाज मानिसहरुलाई सामेल गराइएको थियो । केही दिनको अध्ययन तथा निगरानीबाट यो परिणाम आयो की गाली गर्नाले कुनैपनि मानिसलाई भविष्यमा आउने समस्या तथा कठिनाईहरु झेल्ने र त्यसविरुद्ध मानसिक रुपमा तयार हुने हिम्मत र शक्ति प्राप्त हुन्छ ।

जब मानिसले आफुलाई केही अप्ठेरो परेको वा कसैले धोका दिएको कुरा झ्वाट्ट सुन्छ र उसको मुखबाट तत्कालै गाली निस्किन्छ भने यसको अर्थ ऊ आफ्नो मनबाटै समस्यासँग लड्न तयार भेरहेको हुन्छ ।

शोधका क्रममा धेरै विद्यार्थीहरुलाई उनीहरुको निकै नै चिसो पानी राखिएको भाँडामा हात डुबाउन भनियो । चिसो पानीमा हात डुबाउने बित्तिकै धेरै विद्यार्थीहरुको मुखबाट तत्कालै गाली निस्कियो । तर अचम्म के भयो भने सुरुमा त्यसरी गाली गरेका विद्यार्थीहरु नै चिसो पानीमा धेरैबेर सम्म हात राख्न सफल भए गाली नगरेका विद्यार्थीहरुले भन्दा ।

चिसो पानीमा हात हाल्दा सुरुमा मुखबाट गाली ननिकालेका विद्यार्थीहरुले भने धेरै बेरसम्म त्यो ठण्डा पानीमा हात डुबाउन सकेनन् र हात बाहिर निकालिहाले ।

शोधकर्ताहरुका अनुसार यसरी मानिसले कसैलार्य गाली गर्दा वा जोडसँग चिच्याएर अपशव्द बोल्दा उसको सरीरमा एड्रिनलाइन नामक हर्मोन निस्किन्छ । यसले मानिसको पीडा सहने क्षमतामा वृद्धि गर्दछ ।

रोचक तथ्य त के भने पीडा सहने क्षमता वृद्धिको यो नियम पुरुषमा भन्दा महिलामा धेरै लागू हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment