Comments Add Comment

सरकारले दिँदैछ भिखारीहरुलाई तालिम

सरकारले कर्मचारीहरुलाई तालिम दिनु त स्वभाविकै हो । सर्वसाधारण जनता र कृषकलाई पनि तालिम दिनु राम्रै हो । तर यहाँ त सरकारले भिखारीलाई तालिम दिँदैछ ।

भारतमा सरकारले भिखारीहरुलाई तालिम दिने भएको हो । मगन्तेहरुको बढ्दो संख्याका कारण चिन्तित बनेको सरकारले भिख माग्ने काममा लागेका मानिसहरुलाई आयआर्जनको सम्मानित बाटो सिकाउनका लागि तालिम दिने भएको हो ।

भिखारीहरुलाई सीप विकासको तालिम दिइनेछ ता कि उनीहरुले आ-आफ्नो पेशा तथा रोजगारी गरेर ज्यान पाल्न सकून् ।

अहिले भारतमा भिखारीहरुको संख्या ४ लाखभन्दा धेरै छ जसमा २ लाख २० हजार पुरुष र बाँकी महिला छन् । यो संख्या तिव्रगतिमा बढिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि सामाजिक न्याय एवं आधिकारिता मन्त्रालयले यस्तो कदम उठाएको हो, भिखारीहरुलाई सीप सिकाउने तालिम दिने ।

यस योजना अन्तरगत भिखारीहरुलाई साइकल बनाउने देखि लिएर लुगा सिलाउने, खानेकुरा पकाउने, फूलमाला गाँस्ने लगायतका तालिम दिइनेछ । प्राविधिक शिक्षा सिक्न चाहनेका लागि समेत अवसर उपलब्ध गराइनेछ ।

भिख मागेर भन्दा सीपमूलक काम गरेर इज्जतसाथ बढि कमाई गर्न सकिन्छ भन्ने देखाएरु मानिसहरुलाई स्वनिर्भर बनाउने योजना सरकारको छ । यसले भिखारीहरुको बढ्दो चाँप पनि घटाउनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment