Comments Add Comment

‘पद्यावत’ हिट भएको खुसीमा भन्सालीले समुद्रमाथि पार्टी दिने

मुम्बई । सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्यावत’ रिलिजपूर्व निकै विवादमा पर्‍यो । तर, रिलिजपछि दर्शले फिल्मलाई गतिलै साथ दिए । फलस्वरुप फिल्मले २ सय ७५ करोड भारु कमाई गरेको छ ।

रणवीर सिंह, दिपिका पादुकोण, शाहिद कपुर अभिनित फिल्मले सफलता हासिल गरेको खुशीमा २४ फेब्रुअरीमा निर्देशक भन्सालीले विशेष पार्टी गर्ने भएका छन् । २४ फेब्रुअरी उनको ५५ औ जन्मदिन पनि हो ।

उनले यसपालीको पार्टी कुनै तारे होटलमा होइन, समुद्रको विचमा गर्ने योजना बनाएका छन् । पार्टीमा सहभागी टिमलाई रेष्टुरेन्टसहितको जहाजमा राखेर बान्द्राबाट हिँडाउने छन् । बीचमा पुगेपछि जहाज रोकिने छ ।

यो आफैमा विशेष खालको जहाज छ । यसमा प्रशस्त मात्रामा खुल्ला स्थान रहेको छ भने प्राइभेट डाइनिङ एरिया पनि छ । समुद्रमा कुद्ने यो रेस्टुरेन्टको विशेषता भनेको सबै खालका परिकार पाइनु हो । यो रेष्टुरेन्टमा ३० एमएलको ब्ल्याक लेबलको ६७० रुपैंया पर्छ भने एक प्लेट पास्ताको मुल्य पाँच सय रुपैया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment