Comments Add Comment

स्व.दिपक रायमाझीको अन्तिम फिल्म प्रदर्शन हुने

काठमाडौं । स्व. निर्देशक दीपक रायमाझीको अन्तिम चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ चैतको पहिलो हप्ता प्रदर्शन हुने भएको छ । विदेशी नागरिकलाई नेपालप्रति आकषिर्त गराउन भन्दै ‘डेष्टिनेशन काठमाडौ’ बनाउँदै गर्दा निर्देशक रायमाझीको निधन भएको थियो ।

रायमाझीको निधनपछि फिल्मको बाँकी काम मधुसुदन भट्टराईले पूरा गरेका थिए ।

यस चलचित्रमा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रवी गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाकालगायतका कलाकारको अभिनय रहेको छ ।

शरद अधिकारीले निर्माण गरेको फिल्म जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment