Comments Add Comment

विद्यार्थीको पढाइमा सोसल मिडियाको असर कति ?

धेरैजसो अभिभावकको गुनासो तथा आशंका हुने गरेको छ कि फेसबुक, टि्वटर जस्ता सोसल मिडियाका कारण उनीहरुका विद्यार्थी बालबच्चाको पढाइमा निकै नकारात्मक असर परिरहेको छ ।

तर, हालै भएको एक अनुसन्धानले अभिभावकको यस्तो चिन्ता तथा आशंकालाई खारेज गरिदिएको छ ।

जर्मनीमा गरिएको एक अनुसन्धान अनुसार स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, टि्वटर जस्ता सोसल मिडिया साइटहरुको प्रयोगले विद्यार्थीहरुको शैक्षिक उन्नतिमा खासै नकारात्मक असर पादैन ।

जर्मनीको युनिभर्सिटी अफ बेमबर्गमा गरिएको अध्ययनमा सोसल मिडियाको विद्यार्थीमाथि हुने प्रभावका विषयमा अनुसन्धान गरिएको थियो ।

उक्त अनुसन्धान विश्वका ३० हजार विद्यार्थीहरुमाथि गरिएको हो । सोसल मिडियाले स्कूलको ग्रेड अर्थात् स्कुलमा रहेको विद्यार्थीको शैक्षिक स्तरमा कुनै नकारात्मक असर पारिरहेको छ कि छैन ? भन्ने विषयमा अनुसन्धान गरियो ।

शोधकर्ता क्यारोलिन मार्करका अनुसार अध्ययनका क्रममा सोसल मिडियाले विद्यार्थीको पढाईमाथि पार्ने असरका सम्बन्धमा केही विरोधाभाषी तथ्य बाहिर आएका छन् । कतिपय विद्यार्थीमा सोसल मिडियाले पढाईमा नकारात्मक असर पारेको पाइयो भने कतिपय विद्यार्थीमा सकारात्मक अनि कतिपयमा कुनै प्रत्यक्ष प्रभाव नपारेको देखियो ।

कतिपय अवस्थामा सोसल मिडिया प्रयोग गर्ने विद्यार्थीले सोसल मिडियाकै माध्यमबाट आफ्नो स्कुलका सिनियर विद्यार्थीहरुसँग सम्पर्क गरेर नजानेको कुराहरु सोध्ने र सिक्ने गर्दा उसको शैक्षिक स्तरमा सकारात्मक प्रभाव पर्ने गरेको छ । सोसल मिडिया प्रयोग गर्ने विद्यार्थीले आफ्नो पढाईमा कम समय दिन्छ नै भन्ने पनि नरहेको शोधकर्ता बताउँछन् । यद्यपि आवश्यकता भन्दा धेरै सोसल मिडियाको प्रयोगले विद्यार्थीको पढाईमा केही न केही असर भने पार्ने उनीहरुको ठहर छ । तथापि त्यस्तो असर निकै नगन्य हुने गरेको छ ।

यद्यपि अर्को एउटा गम्भीर तथ्य के फेला परेको छ भने कम्प्युटर तथा मोबाइल् फोनमा कम समय बिताउने विद्यार्थीहरु यस्ता ग्याजेट तथा सोसल मिडियामा धेरै समय बिताउने विद्यार्थीभन्दा धेरै खुसी रहने गर्दछन् । शोधकर्ताहरुले विद्यार्थीहरुका लागि सोसल मिडिया प्रयोग गर्ने समय दिनमा २ घण्टा भन्दा बढि हुन नहुने पनि सुझाव दिएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment