Comments Add Comment

एम्नेष्टीको प्रतिवेदन भन्छः नेपालमा दण्डहीनताले जरा गाडेको छ

१० फागुन, काठमाडौं । एम्नेष्टी इन्टरनेशनलले नेपालमा दण्डहीनताले जरा गाडेको दावी गरेको छ ।

एम्नेष्टी नेपाल शाखाले बिहीबार सार्वजनिक गरेको विश्वको मानवअधिकारको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदनमा यस्तो दावी गरिएको हो ।

साथै प्रतिवेदनमा सत्य, न्याय र परिपुरण लगायतका मानवअधिकार उलंघनका घटनाहरु पुनः नदोहोरिने सुनिश्चित गर्नेतर्फ नेपाल सरकार र राजनीतिक दलहरु आफै अग्रसर नभएको उल्लेख गरिएको छ ।

सुरक्षा फौजबाटै मारिएका नागरिकहरुबारे व्यापक अनुसन्धान गरी दोषीलाई कार्वाही गर्ने काममा सरकार र राजनीतिक दलहरु तयार नदेखिएको प्रतिवेदनले औंल्याएको एम्नेष्टी नेपाल शाखाकी अभियान अधिकृत अस्मिता सापकोटाले जानकारी दिइन् ।

एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाले भूकम्प र बाढीपहिरो पीडितलाई आवासको अधिकार दिलाउन समेत नेपाल सरकार असमर्थ रहेको जनाएको छ ।

संविधान संशोधन गर्न माग गर्नेहरुमाथि अत्याधिक बल प्रयोग गरिएको, श्रमिक अधिकार स्थापित गर्न नसकेको, यातना र दुव्र्यवहार अन्त्य गर्न नचाहेको पनि प्रतिवेदनमा औल्याएको छ ।

एम्नेष्टीले सन् २०१७ मा विश्वमै मानवता विरुद्धको अपराध बढ्न गएको पनि स्पष्ट पारेको छ ।

त्यसैगरी दक्षिण एशियामा अभिव्यक्ति स्वतन्त्रतामाथि नै दमन गरिएको उल्लेख गरिएको छ । बंगलादेश, पाकिस्तानमा पत्रकार र मानव अधिकारकर्मीमाथि नै निशाना बनाउने अभियाननै संचालन गरिएको प्रतिवेदनले देखाएको नेपाल शाखाकी अभियान अधिकृत सापकोटाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment