+
+

सान्जेन र रसुवागढीको सेयर हाल्न सञ्चयकर्ता बैंक पुग्नै पर्ने, भोलीबाट बिक्री शुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १० गते १६:१४


१० फागुन, काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चयकर्ताको लागि जारी गर्न लागेको सेयरमा आवेदन दिन लगानीकर्ताहरु बैंक पुग्नै पर्ने भएको छ ।

‘सञ्चयकर्ता नम्बर र हितग्राही खाता नम्बर दाँज्न पर्ने भएकोले पनि लगानी गर्न चहानेले बैंकमै पुग्न पर्ने भएको हो,’ रसुवागढी हाइड्रोपावरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिलसिनाले भने ।

बैंकबाट पहिले नै सी आस्वा दर्ता नम्बर (सीआरएन) लिएका तथा नलिएका सबैले बैंक पुग्नै पर्ने भएको हो । बैंकहरुमा एकै पटक सीआरएन नम्बर पनि लिन सकिने र आवेदन पनि दिन सकिने व्यवस्था हुनेछ । बैंकमा सम्पर्क गर्दा अनिवार्य रुपमा सञ्चयकर्ता नम्बर र हितग्राही खाता नम्बर लिएर जानुपर्ने विक्री प्रबन्धकहरुले उल्लेख गरेका छन् ।

सान्जेन जलविद्युतको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष छ । सान्जेनमा सात लाख २९ हजार चार सय ६१ सञ्चयकर्ताले आवेदन दिन सक्ने भएका छन । त्यस्तै, रसुवागढीमा आठ लाख ६८ हजारले आवेदन दिन सक्छन् ।

२०६८ मंसिर २२ गतेदेखि २०७४ पुस २० गतेसम्म कायम सञ्चयकर्ताले सान्जेनको सेयर पाउन सक्नेछन् । रसुवागढिको सेयरमा २०६८ मंसिर २२ गतेदेखि २०७४ मंसिर २६ गतेसम्म कायम सञ्चयकर्ताहरुले आवेदन दिन पाउनेछन् । सान्जेन र रसुवागढी दुवैमा २०६८ मंसिर २२ गतेनै खाता बन्द गरेकाले भने आवेदन दिन पाउने छैनन् । तोकिएको अवधिबीचमा खाता बन्द गरेका ग्राहकहरुले भने कोषको सिफारिस पत्र जुटाउनु पर्ने हुन्छ ।

दुवै कम्पनीले फागुन ११ गतेदेखि फागुन ३० गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लागि सेयर जारी गर्न लागेको हो ।
सञ्चयकर्ताको हितग्राही खाता नम्बर र सञ्चयकर्ता कार्डलाई भिडाएर तीन पुस्ते नामावली जाँच गरिने भएकोले एउटै व्यक्तिले दोहो¥याएर सेयरमा आवेदन दिएका दुवै आवेदन रद्द हुनेछ ।

हाल सी आस्वामा आवद्ध ६० वटा बैंक तथा वित्तीय संस्थामार्फत सेयरमा आवेदन दिन सकिनेछ ।

याे पनि हेराैंः सान्जेन र रसुवागढीको सेयरमा भ्रम र वास्तविकता 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?