Comments Add Comment

वृद्धभत्ताको उमेर ७० वर्ष नै ठीक छः मन्त्री थापा

'सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ'

१० फागुन, काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले वृद्धभत्ता पाउने उमेर ७० वर्ष नै सही भएको बताएकी छन् ।

देउवा सरकारले वृद्धभत्ता पाउने उमेर घटाएर ६५ मा झारेको थियो । तर, मन्त्री थापाले भनिन्, ‘बृद्धभक्ताका लागि अहिले जे चलिरहेको छ, त्यसैलाई निरन्तरता दिनुपर्छ । त्यो भनेको ७० वर्ष नै हो ।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले एक/दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने विश्वास व्यक्त गरिन् ।

मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने उनको जोड छ । उनले भनिन्,’समावेशिताका आधारमा पनि ३३ प्रतिशत महिलाहरुको सहभागिता हुन्छ भन्नेमा म विश्वस्त छु, प्रधानमन्त्री ओलीले पनि गराउनुहुन्छ भन्नेमा आशावादी छु । तर संविधानमै प्रष्टै लेखिदिएको भए राम्रो हुन्थ्यो ।’

गैरसरकारी संस्थाहरुको उद्देश्य समाजमा टेवा पुर्‍याउने भएपनि लक्ष्य अनुसार उपलब्धि हासिल नभएको उनले गुनासो पोखिन् । उनले भनिन्, ‘गैरसरकारी संस्थाहरुको काम पारदर्शी हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment