Comments Add Comment

दिपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमईको साथ

१० फागुन, काठमाडौं । क्रिकेटर दिपेन्द सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले प्रयोजन गरेको छ ।

बैंकले १ वर्षका लागि ४ लाखको प्रयोजन सम्झौता गरेको हो । जसमा मासिक २० हजार पाउनेछन् भने बाँकी रकमको स्पोट्र्स किट्स प्रदान गरिने बैकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले ऐरीलाई सम्मान गरिएको बताए ।

ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्न प्रेरणा मिलेको बताए ।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment