Comments Add Comment

टेवा बिन्दुमै रुमलिदै नेप्से, न माथि जान सक्यो न तल !


१० फागुन, काठमाडौं । पुस मध्यदेखि १४ सय विन्दुलाई टेवा मानिरहेको नेप्से परिसूचक न घट्न सकेको छ न त बढ्न ।  बजार थप बढ्न नसक्ने परिस्थिती तत्काल कायम नै रहेपनि बजारमा सस्तो मूल्यमा सेयर बिक्री गर्ने मनस्थितीमा लगानीकर्ता देखिदैन । मोलमोलाईको यही रस्साकस्सीमा बजार घुमिरहेको छ ।

‘बजार बढ्न अहिले सकारात्मक अवस्था बनेको देखिदैन । तरपनि बजार योभन्दा धेरै घट्ने देखिदैन,’ एक ब्रोकरले भने । लगानीकर्ताको मनोविज्ञान यो तहमा अड्एिकोले पनि बजार थप घट्ने सम्भावना भने नरहेको उनले बताए ।

कर्जा योग्य पुँजी अभाव भइरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरुले सामान्य बचत खातामै १० प्रतिशत व्याजदर प्रस्ताव गरिरहेका छन् । शुक्रवारबाट सान्जेन र रसुवागढी हाइड्रोको साढे दुई अर्ब बढिको सेयर बिक्री खुला हुने भएको छ । यसको पनि बजारमा प्रभाव पर्ने सम्भावना छ । दुई आयोजनामा करीब ८ लाखले सेयर आवेदन दिन सक्नेछन् ।

सेयर बजार सूचक विहिबार शून्य दशमलव १० अंकले घटेर १३ सय ८६ विन्दुमा आइपुगेको छ । कारोबार रकममा भने वृद्धि छ । ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र ‘अन्य’ समूहको परिसूचक घटेका छन् ।

बजारमा कारोबार भएका कम्पनीहरुमा सबैको तीन प्रतिशतभन्दा कमले मूल्य परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment