Comments Add Comment

दैलखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, पाँच जना घाइते

१० फागुन, दैलेख । दैलेख बजारबाट महाबु गाउँपालिकाको  गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ ।

लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महाबु-५ का श्रबणकुमार शाही, वडा नं. ३ कि निर्मला पाण्डे र वीरेन्द्रनगर सुर्खेतका तिलक ढकाल  र वडा नं. ६ की निर्मला शाही रहेका छन् । एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा महाबु-५ का एकेन्द्र शाही, नारायण नगरपालिका-२ का रमेश थापा, महाबु-१ का बखत थापा र कर्ण मल्ल रहेका छन् । एक जना गम्भीर घाइतेको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएइका बखत थापा चालक हुन् भने मल्ल गाडी साहु हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटनास्थल पुगेर उद्धार कार्य सुरू गरेको छ ।

लोकेन्द्र पाैडेलबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment