Comments Add Comment

सुतेकै ठाउँमा तीन जना, बारीमा एक जनाको शव भेटियो

१० फागुन, काठमाडौं । उपत्यका लगायत विभिन्न ठाउँबाट प्रहरीले ४ जनाको शव फेला पारेको छ । विभिन्न जिल्लामा भेटिएका मृतकमध्ये एकजनाको शव घर नजिकै बारीमा भेटिएको हो भने तीन जना ओछ्यानमै मृत भेटिएका हुन् ।

केन्द्रीय प्रहरी समाचारकक्ष नक्सालका अनुसार विहीबार बिहान काठमाडौंको त्रिपुरेश्वरमा ३० वर्षीय शत्रुघन साह सुतेकै ठाउँमा मृत भेटिएका छन् । भारतको सीतामणि घर भएका साह बुधबार राति अत्यधीक मादक पदार्थ सेवन गरेर सुतेको प्रहरीले बताएको छ ।

त्यसैगरी ललितपुरको लुभुमा विहीबार बिहान ६० वर्षका केदार बस्नेत आफ्नै घर नजिकैको बारीमा मृत अवस्थामा भेटिएका छन् ।

त्यस्तै, धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित एकब फ्याक्ट्रीमा काम गर्ने ५५ वर्षीय अजय उपाध्याय सुतेकै कोठामा मृत भेटिएका छन् । भारतको कोलकाता घर भएका उपाध्याय धनुषाको एनपी सरफ फ्याक्ट्रीमा काम गर्ने कामदार हुन् ।

बिहीबार बिहान नै कास्की जिल्लाको मादी गाउँपालिका २, सेतीखोलास्थित निर्माणधीन हिमालय हाइड्रोपावरमा काम गर्ने ३५ वषर्ीय मजदुर खेमबहादुर सापकोटा पनि मृतावस्थामा भेटिएका छन् ।

सापकोटा आफूले काम गर्ने हाइड्रोपावर नजिकैको टीनको छाप्रोमा सुतेका थिए । विहान उज्यालो हुँदा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment