Comments Add Comment

स्वदेशी बाख्रा र विदेशी कुखुरा प्रहरी नियन्त्रणमा

१० फागुन, सुनसरी । कोशी गाउँपालिकास्थित लौकही बजारमा प्रहरीले ३८ वटा बाख्रासहित तीनजनालाई नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरीले इटहरीबाट १०४ वटा कखुरा नियन्त्रणमा लिएर खाडलमा पुरेको छ ।

उदयपुरबाट स १ च ९३१ नम्बरको पिकअप गाडीमा भन्सार छलेर ल्याएको भन्दै प्रहरीले ३८ वटा बाख्रा नियन्त्रणमा लिएको हो ।

बाख्रा बोक्न प्रयोग गरिएको गाडीसहित प्रहरीले चालक उदयपुर चौदण्डी नगरपालिका–६ बस्ने पप्पुप्रसाद रौनियारलाई गिरफ्तार गरेको छ । साथै बाख्रा बेच्न ल्याउने इनरुवा–३ बस्ने मोहम्मद अक्त र माहम्मद अक्बर मियालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका बाख्रा र मानिसहरुलाई आवश्यक कारबाहीका लागि सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उता इटहरी उपमहानगरपालिका–१५ एकम्बाबाट बुधबार राति प्रहरीले १०४ वटा कुखुरा नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलेर ल्याइएको भन्दै प्रहरीको गस्ती टोलीले कुखरा नियन्त्रणमा लिएको बताइएको छ ।

नियन्त्रणमा लिइएको कुखुरा स्थानीय पशु सेवा कार्यालय सुनसरीका कर्मचारीको रोहबरमा खाडल खनेर पुरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment