Comments Add Comment

प्रदेश १ का जनताले मुख्यमन्त्रीसँग टेलिफोन संवाद गर्न पाउने

१० फागुन, विराटनगर । प्रदेश १ का जनताले सिधा आफ्ना समस्या मुख्यमन्त्रीसँग राख्न पाउने भएका छन् ।

जनताका समस्या बुझ्न प्रदेश १ को मन्त्रिपरिषद बैठकले जनतासँग मुख्यमन्त्री टेलिफोन संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयनमा आए यहाँका जनताले आफ्ना समस्या सिधै मुख्यमन्त्रीसँग राख्न पाउनेछन् ।

जनतासँग मुख्यमन्त्री संवाद कार्यक्रम १५/१५ दिनमा एक पटक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

यस्तै बैठकले प्रदेश १ का नागरिकको शान्ति सुरक्षाका लागि अपराधिक कि्रयाकलापलाई निरुसाहित बनाउने योजना ल्याउने निर्णय गेको छ ।

सरकारले त्यसका लागि घटना स्थलको प्रहरी युनिटले अपराधिक कि्रयाकलाप हुने खबर पाएको एक घण्टामा ग्रामीण इलाका र आधा घण्टामा शहरी इलाकामा प्रहरी घटना स्थालमा पुग्नु पर्ने बाध्यकारी नीति ल्याएको हो ।

मन्त्रिपरिषदको दोश्रो वठैकले प्रहरीलाई साधानस्रोत्र सम्पन्न बनाउँदै अपराधिक कि्रयाकलापलाई निरुसाहित गर्न सरकारले यो निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

मुख्यमन्त्री राईले वैठकपछि सञ्चारकर्मीसँग निर्णय सार्वजनिक गर्दै भने ‘केन्द्र सरकारको समन्वयमा प्रदेश सरकारले यस प्रदेशका जनतालाई शान्ति सुरक्षाको गहन अनुभूति हुने गरी काम गर्ने छ, त्यसका लागि अपराधिक कि्रयाकलाप नियन्त्रण गर्ने सरकारको पहिलो दायित्व हुनेछ, सोही अनुरुप सरकार अगाढि बढ्छ ।’

प्रदेश १ मा १४ जिल्ला रहेका छन् । त्यसमा सुनसरी,मोरङ र झापा चुरे क्षेत्रमा पर्दछ । त्यसवाहेका जिल्ला पहाडी र हिमाली क्षेत्रमा समेत पर्दछन् ।

उनले नागरिकको सुरक्षा र सम्मानसँग जोडेर सुरक्षित जोन र भयरहित समाजको अवधारण अनुसार जनतासँग प्रहरी अभियान चलाउन लागिएको बताए ।

प्रत्यक्ष रुपमा सुरक्षा निकायलाई जनातासँग जोडने अभिप्रायले प्रदेश सरकारले यस्तो अभियान चलाउन लागेको उनको भनाइ छ ।

उनले अपराधिक घटना भएको खण्डमा तत्काल जनताले प्रहरी युनिटसँग सम्पर्क गर्ने गरी जनताको घर दैलोमा स्थानीय प्रहरी कार्यालयको टेलिफोन नम्वरसहितको स्टिगर टाँस गर्ने योजना एक महिनाभित्र प्रंदेशका सबै घरमा स्टिगर टाँस्ने कार्यक्रम सम्पन्न गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment