Comments Add Comment

जन्डिस भएपछि इरफानले लेखेः कालो मान्छे पहेँलो भएँ

बलिउड अभिनेता इरफान खान जन्डिस भएर ओछ्यान परेका छन् । यसले उनका फिल्महरु अड्केका छन् ।

इरफानले राजनीतिक व्यंग्यमा आधारित सीरीज ‘द मिनिस्ट्री’ को सुटिङका लागि पञ्जाब जानुपर्ने थियो । त्यसपछि आफ्नो आगामी फिल्म ‘ब्ल्याकमेल’ को प्रमोसन पनि गर्नुपर्ने थियो । तर, उनले केही दिन आराम गर्नुपर्ने भएको छ ।

इरफानका प्रवक्ता ले एक विज्ञप्तिमा भनेका छन्, ‘चिकित्सकहरुले इरफान खानलाई आरा मगर्ने सल्लाह दिएका छन् । इरफानको टीमले उनको कार्यक्रम फेरि निर्धारण गर्ने छ ।’

साथै इरफानले आफ्नो टि्वटर ह्यान्डलबाट टि्वट पनि गरेका छन् । उनले लखेका छन्, ‘कालो मान्छे अब पहेँलो भएको छ । जन्डिसले अचानक हमला गर्‍यो । ब्ल्याकमेलको ट्रेलर लन्चमा मिडियाका साथीहरुसँग भेट्न उत्सुक थिएँ । तर, अब सञ्चो नहुञ्जेल प्रतिक्षा गर्नुपर्ने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment