Comments Add Comment

गोरखपुर दंगाः योगी आदित्यनाथविरुद्ध मुद्दा नचल्ने

१० फागुन, काठमाडौं । गोरखपुरमा २००७ मा भएको साम्प्रदायिक दंगालाई दिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध कुनै मुद्दा नचल्ने भएको छ ।

इलाहावाद उच्च अदालतले दंगामा योगीको भूमिकाबारे पुनः जाँच गर्न माग गरिएको निवेदन खारेज गरेको छ । अदालतले १८ डिसेम्बरमा आफ्नो फैसला तयार पारेको थियो ।

राज्य सरकारले भने कुनै ठोस प्रमाण नभएको भन्दै मुद्दा चलाउन अस्वीकार गरेको थियो ।

२७ जनवरी २००७ मा गोरखपुरमा सम्प्रदायिक दंगा भएको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment