Comments Add Comment

बिहीबारका टप १० समाचारः मन्त्रालय भागवण्डादेखि ओलीको परराष्ट्र नीतिसम्म

आज बिहीबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. मन्त्रालय भागवण्डाः एमालेलाई १०, माओवादीलाई ७ (सूचीसहित)

एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।

२. पर्यटन बोर्डको घोटाला प्रकरणः सुवास निरौला दोषी ठहर, ७ वर्ष जेल सजायँ

विशेष अदालतले नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा तत्कालीन कायमुकायम कार्यकारी प्रमुख (सीईओ) सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । २० जनाले भने सफाइ पाएका छन् ।

३. प्रधानमन्त्रीको दैनिकीः सिंहदरबारमा २ दिन हाजिर, २ दिन गयल !

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको बुधबार ७ दिन बितेको छ । एक साताको अवधिमा प्रधानमन्त्री ओलीले के-के काम गरे ? हामीले प्रधानमन्त्रीको सात दिने डायरी खोतल्ने प्रयास गरेका छौं ।

४. ओलीको परराष्ट्र नीतिः चीनतिर कि भारततिर ?

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुनु १५ दिनअघि १८ माघमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । ओली प्रधानमन्त्री बनेको पाँच दिनपछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ येचाऊ काठमाडौं उत्रिए । संयोगवस, यी दुवै भ्रमणको जानकारी परराष्ट्र मन्त्रालयलाई छैन ।

५. प्रदेश १ का जनताले मुख्यमन्त्रीसँग टेलिफोन संवाद गर्न पाउने

जनताका समस्या बुझ्न प्रदेश १ को मन्त्रिपरिषद बैठकले जनतासँग मुख्यमन्त्री टेलिफोन संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयनमा आए यहाँका जनताले आफ्ना समस्या सिधै मुख्यमन्त्रीसँग राख्न पाउनेछन् ।

६. अब ‘सचिन तन्डुकार’ भन्नु पर्दैन, सन्दिप आएः हरिवंश

‘पहिला पहिला हामीले सचिन तेन्दुलकर नेपाली नि । नेवार हो रे ? भन्थ्यौं कहाँ हुन्छ ? भन्दा तन्डुकार ! पहिले सचिन तन्डुकार, अहिले इण्डियामा गएर तेन्दुलकर भयो । वास्तवमा नेवार हो भनेर अरु देशका मान्छेसँग दाबी गथ्र्यौं ।’

७. नेपाली सडकमा अमेरिकाको ‘पेभमेन्ट रिसाइक्लिङ’ प्रविधि

नेपालले सडक निर्माण र मर्मतमा नयाँ प्रविधि भित्र्याउँदैछ । विश्व बैंकले ल्याएको ओटासिल प्रविधि ‘फेज आउट’ हुँदै गर्दा अमेरिकी अग्रसरतामा ‘पेभमेन्ट रिसाइक्लिङ’ भित्र्याउन लागिएको हो ।

८. कुलमानको योजनाः व्यापार घाटा कम गर्न इन्डक्सन चुलो !

ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्युतीय सवारी साधनका साथमा इन्डक्सन चुलोको प्रबर्द्धन गर्ने योजना कार्यकारी निर्देशक कुलमान घिसिङले तयार पारेका हुन् । एलपीजी ग्यासभन्दा इन्डक्सनबाट खाना पकाउँदा सस्तो पर्ने उनको भनाइ छ ।

९. नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२२ औं स्थानमा

गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने छैन ।

१०. कालो पोथी, सेतो सूर्य घरेलु दर्शकले नबुझेका कि नरुचाएका ?

यी फिल्म ‘झुर’ पनि थिएनन् । हेर्नेजतिले ‘बबाल’ भनेकै थिए । अवार्डहरु पाएकै थिए । देशी-विदेशी महोत्सवमा हेरिएकै थिए । तर, मास (आम-दर्शक)ले किन हेरेनन् ?

र, यो पनि,

अमेरिकाका शिक्षकले बन्दुक बोकेर पढाउने !

हालै फ्लोरिडामा स्कुले विद्यार्थीहरुलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेपछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको पक्ष र विपक्षमा बहस हुँदै आएको छ । ट्रम्पले यस्ता हमला फेरि हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment