Comments Add Comment

आफ्नै मैदानमा आर्सनलको हार, अन्तिम १६ मा स्थान सुरक्षित


११ फागुन, काठमाडौं । युरोपा लिग फुटबलमा पराजित भए पनि आर्सनलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

गएराति भएको खेलमा आर्सनल घरेलु मैदानमा स्वीडिस क्लब अस्टरसण्डसँग २–१ ले पराजित भयो । तर समग्रमा ४–२ को जितसँगै इङ्लिस क्लब आर्सनल प्रि–क्वाटर फाइनलमा पुग्न सफल भएको छ ।

आर्सनलले पहिलो हाफको २२ औं र २३ औं मिनेटमै दुई गोल खायो । पहिलो हाफमा २–० को अवस्थालाई उल्टाउने प्रयासमा आर्सनलका लागि सिड कोलासिनाकले दोस्रो हाफको सुरुमै एक गोल फर्काए । त्यसपछि पनि गोल गर्ने प्रयास गरे पनि आर्सनलले अरु गोल थप्न सकेन र खेल २–१ मा सकियो ।

गएराति नै भएका अन्य खेलहरुबाट एथलेटिको मड्रिड, एथलेटिको बिल्बाओ, डाइनामा किएभ, एसी मिलान, जेनिट सेन्टपिटर्सवर्गलगायतका क्लबले पनि १६ मा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment