Comments Add Comment

ट्रकको ठक्करबाट झापामा १ जनाको मृत्यु

११ फागुन, झापा । झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ ।

बिहीबार साँझ लु १ ख ९१७८ नम्बरको ट्रकले मे ६ प १८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक स्थानीय होमप्रसाद न्यौपानेको उपचारको क्रममा बी एन्ड सी अस्पताल, विर्तामोडमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकसहित चालकलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment