Comments Add Comment

रिङ रेस्लिङ्गको लाइभ डिसहोमको एक्सन स्पोर्ट्समा


११ फागुन, काठमाडौं । डिसहोम एक्सन स्पोर्ट्समा च्यानल नं. १०५ ले पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ्ग प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेभएको छ । यसअघि पनि यो च्यानलले काठमाडाैंमा भएको रिङ रेस्लिङ्गको प्रत्यक्ष प्रसारण गरेको थियो ।

यही फागुन १८ गते हुने प्रतियोगीता नेपाल रिङ रेस्लिङ संघ तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य र डबल एस प्रा.लि.को व्यवस्थापनमा हुन लागेको हो । यसको संयोजकत्वमा भने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति रहेको छ ।

विभिन्न खेलकुदसम्बन्धी कार्यक्रम तथा प्रत्यक्ष प्रसारण गर्दै आएको यो च्यानलले यसपटक पनि प्रत्यक्ष प्रसारण गरी आफ्ना दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने जनाएको छ ।

पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा ४ देशका रेस्लरहरुको सहभागिता रहने छ । प्रतियोगितामा नेपालको तर्पmबाट नुवाकोटे टाइगर, ठाकु, डभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी, अमेरीकाको प्रो–रेस्लर गेमर, भारतका मास्कम्यान, ड्यानी, आरडीएक्स, ज्याक्स र नोलले प्रतियोगितामा सहभागिता जनाउने आयोजकको भनाइ छ ।

महिला रेस्लरहरु पनि प्रतियोगीताको आकषर्णको रुपमा रहनेछ । प्रतियोगितामा नेपालकी महिला रेस्लर दिलाशा र रुसकी मेफिस्तोबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment