Comments Add Comment

भ्रष्टाचारीलाई मन्त्री नबनाउन अमेरिकाबाट खबरदारी


अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका बेला अमेरिकामा रहेका नेपालीहरुले सञ्चालन गरेको एक संस्थाले भ्रष्टाचारीलाई मन्त्री नबनाउन खबरदारी गरेका छन् ।

अमेरिकामा रहेर नेपालको भ्रष्टाचारविरुद्ध सक्रिय संस्था हेम सरिता पाठक फाउण्डेशनले भ्रष्टलाई मन्त्री नबनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । फाउण्डेसले ओली नेतृत्वको सरकारले भष्टाचारको अन्त्य गर्ने अपेक्षासमेत गरेको छ ।

फाउण्डेशनका संरक्षक हेम पाठकले जारी गरेको विज्ञप्तिमा नेपालमा स्थायी सरकार बनेकोले देशको प्रमुख समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य हुने र देश समुन्नतिको बाटोमा लम्कने विश्वास व्यक्त गरिएको छ ।

प्रधानमन्त्रीले पहिलोपटक विस्तार गरेको मन्त्रिपरिषद्मा दुई जना नै स्वच्छ छबीका छानेको भन्दै फाउन्डेसनले अबको छनोट पनि उस्तै हुनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment