Comments Add Comment

कसरी भयो ‘हेल्लो’ शव्दको उत्पत्ति ?

फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द ‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ?

वास्तवमा हेल्लो शव्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका छन् ।

सन् १९७३ को नोभेम्बर २१ मा विश्वमा पहिलेपटक विश्व हेल्लो दिवस मनाइएको थियो । हेल्लोको प्रयोग अहिले सर्वव्यापी छ, तर यो दिवस चाहिँ मनाउन छाडिएको छ ।

उता फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा हेल्लो भन्ने चलनको सुरुवात चाहिँ टेलिफोनका आविष्कारक ग्राहम बेलसँगै जोडिएको छ । उनले केवल फोनको आविष्कार मात्र गरेनन् , फोनमा बोलिने यो भाषाको पनि आविष्कार गरे ।

वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेल्लो थियो । उनी प्रेमिकालाई निकै माया गर्थे र हेल्लो भनेर बोलाउँथे । त्यसैले जब उनले फोनको आविष्कार गरे उनको मुखबाट उत्साहपूर्वक पहिलो शव्द निस्कियो हेल्लो । उनले फोनमा पहिलोपटक हेल्लो शव्द उच्चारण गरे, जुन एउटा मानक बन्यो ।

तर कतिपयको भने तर्क अलग छ । उनीहरुका अनुसार Hello शव्दको उत्पत्ति फ्रेन्च शव्द  Hola  बाट भएको हो । जसको अर्थ होल्ड गर्नुस् भन्ने हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment