Comments Add Comment

एक लिटर इन्धनले कति उड्छ हवाईजहाज ?


हवाईजहाजले कति माइलेज दिन्छ, तपाइँलाई थाहा छ ? यदि थाहा छैन भने यो पढ्नुहोस् ।

भिमकाय जहाजले एक किलोमिटर दूरी पार गर्नका लागि कति इन्धन खपत गर्दछ ?

समाचार अनुसार बोइङ ७४७ ले एक मिनेटको यात्राका क्रममा २४० लिटर इन्धन खर्च गर्दछ । यो विमानले १२ घण्टाको यात्राको क्रममा १ लाख ७२ हजार लिटर इन्धन खपत गर्दछ ।

एक किलोमिटर यात्राका क्रममा बोइङ ७४७ ले १२ लिटर इन्धन खपत गर्छ । यसको अर्थ ५ सय यात्रुलाई यो विमानले १२ लिटर इन्धनले १ किमी यात्रा गराउँदछ । यो भनेको प्र्रतिव्यक्ति एक किलोमिटर उडानका लागि ०.०२४ लिटर इन्धन हो ।

१ सय किलोमिटरको यात्राका क्रममा बोइङले प्रतिव्यक्ति २.४ लिटर इन्धन खर्च गर्दछ । यो कारले खर्च गर्ने भन्दा कम हो । एक कारले १ सय किलोमिटरमा ४ लिटर इन्धन खर्च गर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment