Comments Add Comment

बर्दियामा सौतेनी बहिनीलाई कुटपिट गरेर हत्या

११ फागुन, बर्दिया । सौतेनी बहिनीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बाह्रबर्दिया–३ का १७ वर्षीय श्यामलाल थारु पक्राउ परेका हुन् ।

उनले आफ्नै सौतेनी आमाको छोरी १५ बर्षीया साबित्री थारुलाई फरुवाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । र, मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार थारुलाई शुक्रबार पक्राउ गरिएको हो । थप अनुसन्धान थािलएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment