Comments Add Comment

आँखा झिम्क्याउने नायिकाको फलोअर्स मार्क जुगरबर्गको भन्दा धेरै

मुम्बई । आँखा झिम्क्याएको एउटा भिडियो क्लिपका कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरको लोकपि्रयता चकित पार्ने खालको छ । पछिल्लो समय फोटो सेयरिङ एप इन्स्टाग्राममा उनका फलोअर्स त्यसका मालिक मार्क जुगरबर्गका भन्दा बढि छन् ।

जुगरबर्ग इन्स्टाग्राम एप्समा जोडिएको ७ वर्ष भयो । उनलाई अहिलेसम्म ४० लाखले फलो गरेका छन् । जबकिे डेढ वर्षअघि मात्र यो एप्समा जोडिएकी प्रियालाई फलो गर्नेहरु ५० लाख पुगेका छन् । यो संख्या विश्वका १०५ देशको जनसंख्या भन्दा धेरै हो ।

उनको फलोअर्सको संख्या पछिल्लो एक हप्ता ह्वात्तै बढेका छन् । फलोअर्स यति धेरै बढ्नुको कारण भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सार्वजनिक भिडियो नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment