Comments Add Comment

भिडियो मार्फत भ्रुणको वेदना, ‘नमार मलाई’

एउटा किशोरी, जो विद्यालयमा पढ्दै छे । उनी गर्भवती बन्छे । कुमारी आमा हाम्रो समाजमा स्विकार्य छैन । विद्यमान सामाजिक प्रचलनको कारण गर्भमै भ्रुण हत्या गर्नुको विकल्प हुँदैन । तर, भ्रुणको वेदना कसेले सुन्ने ?

लघु गीतिकथा मार्फत यस्तै वेदाना पोखिएको छ, भ्रुणहत्या सम्बन्धी । यसमा कुमारी अवस्थामै गर्भवती भएकी किशोरीको गर्भमा रहेका भु्रणको बाँच्ने चाहनालाई व्यक्त गरिएको छ । गीतले भन्छ, ‘नमार मलाई, नफाल मलाई ।’

गीत प्रेगिशा पौडेलले गाएकी हुन् । प्रेगिशा आफै १३ बषिर्य किशोरी हुन् । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा सृष्टि खड्का कुमारी आमा बनेकी छिन् । अर्जुन आचार्य तथा सपना थापाले पनि अभिनय गरेका छन् । बाबु प्रधान उक्त गीतका संगीत संयोजक हुन् । अर्जुन तिवारी तथा उनको समुहले यसमा छायांकन गरेका छन् । विकास दाहाल यसका सम्पादक हुन् ।

गीत नील गुरुङले रचना गरेका हुन् । संगीतकार महेश ज्ञवाली । रुपेश मान अमात्यद्वारा निर्मित यो भिडियो वास्तविक घटनामा आधारित रहेको बताइन्छ ।

खासगरी कन्या भ्रुण हत्याको विकराल तस्विर हामीकहाँ छ । लिंग पहिचान गर्ने र भु्रणमै हत्या गर्ने क्रम मौलाएको छ । यस्तो विकृतिलाई निरुत्साहित गर्ने उदेश्यले उक्त भिडियो तयार गरिएको बताइन्छ । गीति भिडियोलाई हालै औपचारिक सार्वजनिक गरियो ।

लायन्स क्बल अफ काठमाडौं बुढानिलकण्डले आयोजना गरेको समारोहमा उक्त भिडियो सार्वजनिक गरिएको हो । सोहि मेसोमा गीतकार तथा वरिष्ठ चिकित्सक डा.भोला रिजालले १२ वर्षअघि मातृ मृत्युदर घटाउने उदेश्यले सरकारले सुरक्षित गर्भपतनको अवधारण ल्याए पनि नेपाली समाजमा लिंग पहिचान गरेर गर्भपतन गराउने नराम्रो परम्पराको थालनी भएकोमा दुःख लागेको बताए ।

आयोजक संस्थाका प्रमुख लायन राजेन्द्र कुमार श्रेष्ठले नेपालमा पछिल्लो एक दशक यताको गर्भपतनको तथ्यांक सार्वजनिक गर्दै अविवाहित तथा किशोरीहरुमा भ्रण हत्या अर्थात गर्भपतन गर्ने दर बढिरहेको बताए । यस्तो पृष्टभूमीमा ‘डन्ट किल मि’ भिडियोमार्फत गर्भपतन विरुद्धको अभियान थालनी गर्ने बताए ।

भावसागर इन्टरटेन्मेन्ट एलएलसीको अफिसियल च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment