Comments Add Comment

माओवादीमा दुई गुटः प्रचण्डलाई बादलको चुनौती

पार्टी फुटाउने पुरस्कृत, नफुटाउने तिरस्कृत ?

११ फागुन, काठमाडौं । वैद्य समूहमा रहँदा राजनीतिमा असफल बनेका रामबहादुर थापा बादल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्केपछि भने उनले सिंगै पार्टी अघोषितरुपमा कब्जा गर्न सफल बनेका छन् ।

रामबहादुर थापा वादल तिनै नेता हुन्, जसलाई जनयुद्ध सुरु भएको केही वर्षपछि नै प्रचण्डले ‘लिन प्याओवादी नेता’ को उपमा दिएका थिए । ‘लिन प्याओ’ त्यस्ता चिनिया नेता थिए, जसले अध्यक्ष माओको प्रशंसा गर्दै उनको उत्तराधिकारी बनेर माओवादीलाई सिध्याउने असफल प्रयास गरेका थिए ।

प्रचण्डले एक समयमा ‘लिन प्याओवादी नेता’ को संज्ञा दिएका रामबहादुर थापा वादलले अहिले प्रचण्डको विरोध नगरिकन, उनलाई सुम्सुम्याएरै पार्टीभित्र आफ्नो वर्चश्व बलियो बनाएका छन् ।

माओवादी पार्टीमा आफ्नो बहुमत नभए पनि बादलले कूटिलतापूर्वक प्रचण्डको भन्दा बलियो उपस्थिति जनाइसकेका छन् । प्रदेश सरकारपछि अब केन्द्रमा प्रचण्डको भन्दा बहुमत हासिल गर्ने रणनीतिमा बादल समूह सक्रिय बनेको छ ।

विगतमा मोहन वैद्य र बाबुराम भट्टराई सँगै भएका बेला तीन धार देखिएको माओवादी केन्द्रमा एमालेसँग एकता हुनै लाग्दा वादल समूहले टाउको उठाएको छ ।

यद्यपि प्रचण्ड र वादल समूहवीचको भिन्नता वैचारिक राजनीतिक विषयमा नभएर कसलाई सांसद र मन्त्री बनाउने भन्ने पदीय विषयमा मात्रै केन्द्रित छ ।

विगतमा मोहन वैद्य र बाबुराम भट्टराई सँगै भएका बेला तीन धार देखिएको माओवादी केन्द्रमा एमालेसँग एकता हुनै लाग्दा वादल समूहले टाउको उठाएको छ ।

वादल समूहले पार्टीभित्र हालीमुहाली गरेको भन्दै माओवादी केन्द्रका एक नेताले अनलाइनखबरसँग यस्तो गुनासो गरे ‘बादलहरुले पार्टी फुटाएका बेला हामीले प्रचण्डलाई साथ दियौं, तर अहिले तिनै पार्टी फुटाउनेहरु देशैभरिबाट पुरस्कृत भइरहेका छन् । उनै, सांसद, उनै मन्त्री, उनै पोलिटब्यूरो बनेका छन् । हामीचाँहि पार्टी नफुटाए वापत दण्डित भयौं ।’

वैद्य समूहमा असफल भएर प्रचण्डसँग मिल्न आएका रामबहादुर थापा ‘बादल’ यतिबेला माओवादी केन्द्रमा दह्रैसँग हावी भएका छन् । प्रदेश सरकारमा आफ्नो बर्चस्व जमाइसकेको बादलले केन्द्र सरकारमा आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेका छन् । जबकि माओवादीभित्र सरकारमा राम्रो भूमिका खेल्न सक्ने जनार्दन शर्मा र वर्षमान पुनजस्ता नयाँ पुस्ताका नेताहरु पनि छन् ।

बादलले गृह मन्त्रालयसहित ओली नेतृत्वको सरकारमा आफूले नेतृत्व गर्न पाउनुपर्ने माग गरेका छन् । बादल समूहका अन्य नेताहरुले पनि शक्तिशाली मन्त्रालय र सभामुखमा समेत दाबी गरेका छन् ।

प्रचण्डको चर्को विरोध गर्दै विगतमा वादल मोहन वैद्यसमूहतिर लागेका थिए, जसले गर्दा माओवादी पार्टी पहिलो शक्तिबाट तेस्रोमा खुम्चियो । तर, पार्टीलाई रसातलमा पुर्‍याउने उनै नेताले अहिले प्रचण्डको उदारताबाट फाइदा उठाउँदै सिंगै पार्टीलाई आफ्नो मुठ्ठीमा राखिरहेको प्रचण्ड पक्षका नेताहरुको गुनासो छ ।

एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा लागेको बताउने प्रचण्डले यसवीचमा बादललाई चिढ्याउन चाहनेन् र उनीप्रति उदारवादी नीति अपनाए । यसैको फाइदा लिन बादल समूह पूर्णरुपमा पक्ष सफल भयो ।

माओवादीका नेताले अनलाइनखबरसँग भने, ‘मूल नेतृत्व संकटमा परेका बेला संरक्षण गर्ने हामी, अनि अवसर पाउनेचाहिँ पार्टी फोर्नेहरु ?’ ती नेताले अगाडि भन्छन्, ‘पार्टीभित्रै बस्नेलाई सजायँ दिएर फुटाउनेहरुलाई पुरस्कृत गरेको जस्तो भइरहेको छ । पार्टी फुटाएर आन्दोलन कमजोर बनाउनेहरुलाई सजायँ दिनुपथ्र्यो र उनीहरुलाई केही वर्ष परीक्षणकालमा राख्नुपर्ने थियो ।’

एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा लागेको बताउने प्रचण्डले यसवीचमा बादललाई चिढ्याउन चाहनेन् र उनीप्रति उदारवादी नीति अपनाए । यसैको फाइदा लिन बादल समूह पूर्णरुपमा पक्ष सफल भयो ।

केन्द्रमा बहुमत मन्त्रीको दाबी

एमालेसँग भएको सहमति अनुसार माओवादीले केन्द्रीय सरकारमा ७ वटा मन्त्रालय पाउनेछ । तर, माओवादीका आकांक्षी भने एक दर्जन बढी छन् । ती आकांक्षीमध्ये पनि धेरैजसो बादल समूहकै छन् ।

ओली नेतृत्वको सरकारमा वादल समूहका देव गुरुङले सभामुख पदमा दावी गर्दै आएका छन् भने वादल समूहबाटै आएकी पम्फा भुसाल पनि महत्वपूर्ण मन्त्रालयकी दाबेदार हुन् ।

सभामुखमा कृष्णबहादुर महराको चर्चा रहे पनि वादल समूहकै देव गुरुङले समेत दावी गरेका छन् ।

त्यसैगरी माओवादीबाट बाहिरिएर पुनः फर्किएका मातृका यादव पनि मन्त्री बन्ने लगभग पक्कापक्की छ ।

माओवादीले पाउने ७ मन्त्रालयमध्ये पार्टी फटाउनेनेताहरुमध्ये बादल, पम्फा, देव गुरुङ र मात्रिका यादव चारैजना मन्त्री बने भने प्रचण्ड समूहको भागमा तीन मन्त्रालय मात्रै पर्नेछ ।

यदि बाबुराम भट्टराई समूहबाट आएका देवेन्द्र पौडेललाई पनि मन्त्री बनाउने हो भने प्रचण्ड समूहको भागमा दुईवटा मात्रै मन्त्रालय पर्नेछन् । नयाँ शक्तिबाट माओवादीमा फर्किएका पौडेलले पनि मन्त्रीका बलिया दाबेदार हुन् ।

यसैवीच माओवादी केन्द्रको विहीबार साँझ बसेको बैठकले मन्त्री छान्ने जिम्मा प्रचण्ड, नारायणकाजी र बादललाई सुम्पेको छ । र, मन्त्री बनाउँदा प्रत्येक प्रदेशलाई पनि समेट्ने भनिएको छ । यसो गर्दा हरेक प्रदेशबाट आफ्नो गुटको मानिसलाई मन्त्री बनाउने बादल समूहको जोड छ ।

माओवादीले पाउने ७ मन्त्रालयमध्ये पार्टी फटाउनेनेताहरुमध्ये बादल, पम्फा, देव गुरुङ र मात्रिका यादव चारैजना मन्त्री बने भने प्रचण्ड समूहको भागमा तीन मन्त्रालयमात्रै पर्नेछ ।

कोको छन् मन्त्रीका दाबेदार ?

प्रदेश १ बाट आफ्नो गुटबाट हिमाल किरातीलाई मन्त्री बनाउने बादलको जोड छ । त्यहाँ प्रचण्ड पक्षबाट अमनलाल मोदी, राम कार्की र शिवकुमार मण्डलसमेत प्रदेश १ बाट मन्त्रीका दाबेदार हुन् ।

प्रदेश २ बाट गिरिराजमणि पोखरेल र प्रभु साह मन्त्रीका बलिया दाबेदार हुन् । तर, पार्टी फुटाएर जोडिन आएका मात्रिका यादव नै दुई नम्बरबाट मन्त्रीमा पर्ने बलियो सम्भावना छ । पोख्रेल र प्रभु साहलाई पहिले पनि मन्त्री भएको भन्दै बादल समूहले मन्त्री नबनाउन लविङ गरिरहेको स्रोतले बतायो ।

त्यसैगरी प्रदेश ३ बाट अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, रामबहादुर थापा बादल र हितबहादुर तामाङ मन्त्रीका दाबेदार हुन् । यीमध्ये पम्फा र बादल बैद्य समूहबाट फर्किएका हुन् ।

प्रदेश ४ बाट देवेन्द्र पौडेल, देव गुरुङ र हरि अधिकारी मन्त्रीका दाबेदार हुन् । यीमध्ये र पौडेल र गुरुङ पार्टी फुटाएर फर्किएका हुन् ।

प्रदेश ५ बाट मन्त्रीको दाबी गर्नेहरुमा वर्षमान पुन, कृष्णबहादुर महरा, चन्द्रप्रकाश खनाल, टोपबहादुर रायमाझी, सन्तकुमार थारु, कमला रोका लगायत छन् ।

महरा र रायमाझी पटक-पटक मन्त्री भइसकेका छन् । यद्यपि महराले सभामुखमा समेत दाबी गरिरहेका छन् ।

प्रदेश ६ बाट संघीय मन्त्रीका दाबेदारहरुमा शक्ति बस्नेत, टेकबहादुर बस्नेत र जनार्दन शर्मा छन् । यो प्रदेशबाट केन्द्रमा वादल समूह खासै हाबी छैन ।

प्रदेश ७ बाट संघीय मन्त्रीका दाबेदाहरुमा लेखराज भट्ट र विना मगर छन् । विना प्रचण्ड परिवारको सदस्यसमेत भएकाले मन्त्री बन्ने सम्भावना बढी रहेको स्रोत बताउँछ । यो प्रदेशबाट पनि केन्द्रीय संसदमा बादल समूहको प्रभाव कमजोर छ ।

प्रदेशतर्फको विश्लेषण गर्दा बादलको नेतृत्वमा माओवादीमा फर्किएकाहरुको सबैभन्दा धेरै बर्चस्व प्रदेश १ र ५ मा छ । यहाँको सरकारमा बादल समूहले पार्टीको नेतृत्व मात्रै होइन सभामुख पद पनि पाएको छ ।

प्रदेश सरकारमा बादल समूह बलियो

प्रदेशतर्फको विश्लेषण गर्दा बादलको नेतृत्वमा माओवादीमा फर्किएकाहरुको सबैभन्दा धेरै बर्चस्व प्रदेश १ र ५ मा छ । यहाँको सरकारमा बादल समूहले पार्टीको नेतृत्व मात्रै होइन सभामुख पद पनि पाएको छ ।

प्रदेश ५ मा गृहमन्त्रालयसहित पार्टीको नेतृत्व वादल समूहका कुलबहादुर केसी ‘सोनाम’ले गरेका छन् । सभामुख पद पनि वादल समूहकै पूर्णबहादुर घर्ती ‘आयाम’ले पाएका छन् । यी दुवै नेताहरु मोहन वैद्यसँगै माओवादी छाडेका थिए । र, पछि ०७३ जेठ ६ गते बादलसँगै प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए ।

बादल समूहसँगै माओवादीमा फर्किएकी दामा शर्माले प्रदेश ५ को माओवादी संसदीय दलको सचेतक र तुलाराम घर्तीमगर ‘बसन्त’ले संसदीय बोर्ड सचिवको जिम्मेवारी पाएका छन् ।

प्रदेश १ को सरकारमा बादलसमूहका इन्द्र आङबोले माओवादीको नेतृत्व गरेका छन् । अर्थमन्त्रालय जस्तो शक्तिशाली मन्त्रालय पाएका उनी बादल समूहका हुन् । वैद्य माओवादीमा हुँदा उनी विप्लवका फ्यान थिए ।

प्रदेश १ को माओवादी संयोजकको जिम्मेवारी सावित्रीकुमार काफ्लेले हत्याएका छन् । काफ्ले पनि विगतमा पार्टी फुटाउन अहम भूमिका खेलेका व्यक्ति हुन् ।

काफ्लेले शहीद परिवारको नाम काटेर आफ्नी श्रीमती विनालाई राष्ट्रियसभा सदस्य बनाएका छन् । यसका लागि उनले पार्टीका प्रदेश इञ्चार्ज गोपाल किरातीसँग साँठगाँठ गरेका थिए ।

प्रदेश १ मा प्रचण्ड समूहको बहुमत भएता पनि बादल समूह र गोपाल किरातीसमूह मिलेर हालीमुहाली गरिरहँदा पनि प्रचण्डले मौनता साँधेर बसेको गुनासो स्थानीय नेताहरुको छ ।

प्रदेश एकका प्रचण्ड पक्षीय माओवादी नेताहरुका अनुसार विगतमा पार्टी फुटाउन भूमिका खेल्ने शावित्रीकुमार काफ्लेले अहिले गोपाल किरातीसँग मिलेर गरेको गुटबन्दीबारे पार्टी हेडक्वार्टरले ध्यान दिएन ।

काफ्लेमाथि अनुशासनको कारवाही गर्नुको साटो उनकै श्रीमतीलाई सांसद बनाएर पुरस्कृत गर्ने काम भयो । र, यसो सबै बादललाई खुबी पार्न प्रचण्डले देखाएको उदारताको परिणाम थियो ।

प्रदेश सरकारमा आफ्नो गुटको पोजिसन राम्रो बनाइसकेपछि अब वादल समूहका नेताहरु केन्द्र सरकारमा आफ्नो गुटको मोर्चा कस्ने अभियानमा लागेका छन् ।

उता प्रदेश ४ को सरकारमा पनि बादल समूहका हरिबहादुर चुमान कानुनमन्त्री बन्न सफल भएका छन् ।

त्यसैगरी प्रदेश ६ को मुख्यमन्त्री प्रचण्ड पक्षका महेन्द्रबहादुर शाही भए पनि बादल समूहका नरेश भण्डारीले प्रदेशका गृह मन्त्रालयका रूपमा रहेको अान्तरिक मामिला तथा कानून  मन्त्रालयको जिम्मा पाएका छन् । भण्डारीले बादलको आडमा अन्तिम समयसम्म मुख्यमन्त्रीको दाबी गरेका थिए । तर, पछि अान्तरिक मामिला तथा कानून शक्तिशाली मन्त्रालयको पुरस्कार पाएका छन् ।

प्रदेश सरकारमा आफ्नो गुटको पोजिसन राम्रो बनाइसकेपछि अब वादल समूहका नेताहरु केन्द्र सरकारमा आफ्नो गुटको मोर्चा कस्ने अभियानमा लागेका छन् ।

प्रचण्ड पक्षमा माओवादी नेताहरुको निश्कर्ष छ, अब माओवादीले पाउने ७ मन्त्रालयमध्ये बहुमत मन्त्रालयहरु बादल समूहले पायो भने ओली नेतृत्वको सरकारमा प्रचण्डभन्दा बादल नै बढी हावी हुनेछन् ।

विगतमा वादल रक्षामन्त्री भएका बेला प्रचण्डलाई कमजोर गराउने कटवाल काण्ड भएजस्तै कुनै ‘उग्रवादी स्क्याण्डल’ भयो भने कसैले अचम्म नमान्दा हुन्छ ।

तर, त्यो भन्दा बढी असर चाहिँ प्रचण्डलाई आफ्नै पार्टीभित्र पर्ने छ । जसले उनलाई पार्टी फुटेको कठीन ठडीमा पनि साथ दिएर बसे, तिनीहरुले अवसर नपाउने अनि पार्टी फुटाउनेहरु सत्तामा हावी हुने स्थिति आयो भने यसले पार्टीभित्र निराशा जन्माउने र एमालेसँग एकता गर्न गएका प्रचण्ड त्यहाँ कमजोर बन्न सक्ने खतरा रहेको माओवादी केन्द्रंका नेताहरुको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment