Comments Add Comment

रुकुमका पौरखी युवक, जो भैंसी पालेर गाउँमै कमाउँछन् मासिक ४५ हजार

फाइल फोटो

११ फागुन, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक युवकले भैँसीपालनबाट मासिक ४५ हजार रूपैयाँ आम्दानी गरेका छन् ।

चार वर्षअघि भैंसीपालन सुरु गरेका मुसिकोट नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले यस अवधिमा ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिसकेका छन् ।

सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले भैंसीपालन सुरु गरेका उनले दैनिक ३५ लिटर दूध बिक्री गर्ने गरेका छन् । अहिले गौतमको गोठमा ६ वटा भैँसी र एउटा गाई रहेका छन्, जसमा चार वटा भैँसी र एउटा गाई दुहुना छन् ।

गौतमले एक लिटर दूधको ५० रुपैयाँमा बिक्री गर्छन् । चार वर्षअघिसम्म आफैँ रोजगारी खोज्दै हिँड्ने गौतमले अहिले अन्य दुई जनालाई रोजगारी दिएका छन् ।

‘पहिले म जागिरकै लागि धेरै भौँतारिएँ, अहिले भैँसीपालनबाट मनग्य आम्दानी भइरहेको छ’ उनले भने । उहाँले दूधसँगै कम्पोष्ट मल बिक्री गरेर आम्दानी गरिरहेका छन् ।

गौतम सदरमुकामको पहिलो व्यावसायिक भैँसीपालक तथा दूध उत्पादक हुन् । खलंगा बजारमा दूधको आवश्यकता बढ्दै जाँदा भैँसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।

बजारमा बढिरहेको दूधको माग परम्परागत रूपमा गरिएको भैँसी तथा गाइपालनबाट पूर्ति हुन सम्भव छैन । यही अवसरलाई छोपेका गौतम आफूलाई युवा उद्यमीका रूपमा स्थापित गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment