Comments Add Comment

वन विश्वविद्यालयमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

११ फागुन, काठमाडौं । उपप्राध्यापक छनोटमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ ।

विश्वविद्यालयले २०७४ असारमा करार सेवामा उपप्राध्यापक छनोट गर्दा पिएचडी गरेका दरखास्तवालाहरुलाई अयोग्य ठहर गरी परीक्षाको प्रक्रियामा नै सहभागी नगरेको भन्दै उजुरी परेपछि अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ।

पीएचडी गरेकालाई पररीक्षा प्रक्रियामा सामेल नगरी विश्वविद्यालयमा कार्यरत प्राध्यापक र कर्मचारीका छोराछोरीलाई करारमा छनोट गर्न लागिएको भन्ने उजुरी परेपछि आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले सम्बन्धित सबै कागजपत्र नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment