Comments Add Comment

छोरी अन्माउनुअघि दिपकराज गिरीको भावुक स्टाटस

हास्यकलाकार दिपकराज गिरी फेसबुकमा घोचपेच र हास्यरसयुक्त स्टाटस लेख्न माहिर छन् । तर, आज भने उनले भावुक स्टाटस लेखे ।

छोरी मौसमीसँगको तस्वीर पोष्ट गर्दै उनले लेखेका छन्, ‘हातका औंलाहरु धेरै हुन्छन् र तीनका नाम पनि भिन्न-भिन्न छन् । मुटु एउटै हुन्छ, र त्यसको नाम मुटु हो ।’

उनले आफ्नी छोरीलाई ‘मुटु’ को संज्ञा दिएकी हुन् । उनकी एक मात्र छोरी मौसमी भोली बिवाहबन्धनमा बाँधिदैछिन् । नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग उनको गत माघ २४ गते इंगेजमेन्ट भएको थियो ।

दिपकराजको स्टाटसमा कमेन्ट गर्दै अभिनेत्री दिपाश्री निरौलाले लेखेकी छिन्, ‘साथीको मुटु हाम्रो धड्कन हो मौसमी ।’

दिपकराजका दुई छोरा र एक छोरी छन् । जेठा छोराको पनि केही महिना अगाडि मात्रै बिहे भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment