Comments Add Comment

राष्ट्रिय खुल्ला लन टेनिसमा कमल थापा पराजित

बुटवलमा सर्वाधिक राशीको खुला लन टेनिस प्रतियोगिता सुरु


११ फागुन, बुटवल । राजधानीबाहिर पहिलोपल्ट सर्वाधिक राशीको राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरु भएको छ ।

बुटवल लन टेनिस क्लबको आयोजनामा देवीनगरस्थित लन टेनिस कोर्टमा भएको प्रथम बुटवल खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगितामा पहिलो दिन १२ खेल भए ।

फन डबलअन्तरगत उद्घाटन खेलमा कमल भण्डारी र अनिल सेन्चुरीको जोडीले एमआरके र बालकुमार अर्यालको जोडीलाई ८-० को सोझो सेटमा पराजित गरे ।

यसैगरी राप्रपा अध्यक्ष कमल थापा र अखिल नेपाल लन टेनिस संघका महासचिव मनोहरदास मूलको जोडीलाई विकास खड्का र अर्जुन गुरुङको जोडीले ८-० को सोझो सेटले पराजित गरेको छ ।

मनोज राना र शेष एमसीको जोडीले कृष्ण राजघले र इशापौडेलको जोडीलाई पनि ८-० को सोझो सेटमा पराजित गरेका छन् ।

फन डबल्सतर्फ नै प्रनभ खनाल र रामु बिकको जोडीले धर्मा लामिछाने र विष्णु प्रसाद चापागाईको जोडीलाई ८-२ को सेटले पराजित गरेका छन् । पुरुष सिंगलतर्फ भएको खेलमा जितेन्द्र परियार, विकास खड्का, प्रदीप खड्का र सन्तोष खत्री क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

वेष्ट अफ थ्रीमा खेलाइएको खेलमा जितेन्द्र परियारले अभिषेक पाठकलाई ६-०, ६-० को सेट, विकास खड्काले सबर मियालाई ६-०, ६-० को सेट, प्रदीप खड्काले अन्जन थिङलाई ६-१, ६-१ को सेट तथा सन्तोष खत्रीले भिष्मा काउचालाई ६-१, ६-२ को सेटले जित निकाल्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

यसैगरी ३५ वर्ष उमेर समूहमा कुलबहादुर राईले अनिल सेन्चुरीलाई ६-१, ६-१ को सेटले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सञ्जय श्रेष्ठ वाकओभर पाउँदै क्वार्टरफाईनलमा स्थान बनाउन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment