Comments Add Comment

प्रधानमन्त्रत्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा

११ फागुन, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको शुक्रबारको खेलले टुङगो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो ।

शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि १२ रनको जित हात पारेको छ ।

शुक्रवारको पहिलो खेलमा नेपाली टोलीकी कप्तान समेत रहेकी पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलविरुद्ध फराकिलो जित दर्ता गरी समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १३४ रन बनायो ।

पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिइन् ।

तेश्रो विकेटका लागि क्षेत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेका थिए । मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १/१ विकेट लिए ।

१३५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाउदै ३६ रनमै समेटियो ।

मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खाता समेत खोल्न सकेनन् ।

उसका लागि सीता मगरले ६ तथा शान्ति खत्री र श्रृष्टी डाँगीले समान ४/४ रन बनाए ।

मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पूर्वाञ्चलकी कप्तान रुवीना क्षेत्र, अनुपमा चौधरी र संगम तामाङले समान २/२ विकेट लिए ।

खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भइन् ।

शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चल सुदुरपश्चिममाथि १२ रनको जित निकाल्दै समूह विजेता वनेर अन्तिम चारमा पुगेको छ ।

टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । मध्यमाञ्चलका लागि सिता श्रेष्ठले २३, अस्मिता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४/१४ रनको योगदान दिए ।

दोश्रो विकेटका लागि रोशनी र अस्मिताले २९ रनको साझेदारी गर्दै मध्यमाञ्चलको सम्मानजनक योगफल बनाइन् ।

सुदुरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुवर र लक्ष्मी साउदले समान १/१ विकेट लिए ।

१०६ रनको मध्यम लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरुवातका वावजुत हार व्यहोर्न परेको हो ।

सुदूरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि सुरुआती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेकी थिए ।

कविताले २२ रन बनाइन् भने कप्तान मञ्जुले ८ रन बनाइन् । बलिङमा उत्कृष्ट प्रदर्शन गरेर तेश्रो नम्वरमा व्याटिङ गर्न आएकी कविता जोशीले अविजित रहदै ३९ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकिनन् ।

नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भइन् ।

शनिबार हुने सेमिफाइनलमा मध्यमाञ्चलले समूह ए को विजेता बन्दै समूह बि को उपविजेता पूर्वाञ्चलसँग फाइनल प्रदेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह ए को उपविजेता सुदूरपश्चिमलले समूह बीको विजेता विभागीय टोली एपीएफसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

सेमिफाइनलका दुवै खेल शनिबार फाप्ला क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको विजेताले पँाच लाख तथा उप-विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment