Comments Add Comment

नेपाली बजारमा विस्तार हुँदै प्यारीवेयर


११ फागुन, काठमाडौं । बाथरुम सामग्रीहरुको बजारमा अग्रणी ब्रान्ड प्यारीवेयरले नेपालमा यसको बजार सबलीकरण गरेको छ । त्यसकालागि प्यारीवेयरले नेपालमा आफ्नो ब्रान्ड उपस्थिति बढाउँदै उत्पादनहरुलाई बजार केन्द्रीत गरेको छ । बाथरुम सामग्री बजारमा विश्वव्यापी रुपमा अग्रणी रहेको रोका ग्रुपले काठमाडौमा एक्क्लुसिभ शोरुम सुरुवात गरेको छ ।

हाउजिङ्ग सेगमेन्टमा ग्राहकहरुको क्रयशक्तिलाई समेत ध्यानदिई प्यारीवेयरले Petite EWC लन्च गरेको छ । यसका साथै बाथरुम प्रयोजनकालागि तीन थरी नल्की पनि यसले बजारमा ल्याएको छ ।

रोका बाथरुम प्रोडक्ट लिमिटेडका प्रवन्धनिर्देशक के र्इ रंगनाथनलेस कम्पनीका साझेदार, आर्किटेक्ट, डिजाइनर, मिडिया र अन्य सरोकारवालाहरुको उपस्थितिमा शोरुमको उद्घाटन गरे ।

एक हजार वर्गफिटको प्रदर्शन कक्षसहितको सोरुम उद्घाटन गरिएको हो । यस ब्रान्डअन्तर्गत आकर्षक बेसीन, डब्ल्युसी, नल्की, वाथटब, सावर, भान्साको प्रयोजनकालागि बेसिन (किचेन सिन्क), बाथरुम फर्निचर लगायतका सामग्रीहरु उपलब्ध छन् ।

केइ रंगनाथनले भनेे, “हाम्रो सामग्रीको लागि नेपालीबजार राम्रो हुँदै गइरहेको छ र हामीले हाम्रा सामग्रीबारे राम्रो प्रतिक्रिया पनि पाएका छौं । शोरुम लन्च पछि हाम्रो बजार फुटपि्रन्ट अँझै सुदृढ हुनेछ । हामीले नेपालीबजारलाई लक्षित गरी Petite EWC लाई अत्याधिक सुपथ मुल्यमा उपलब्ध गराएका छौं भने हाम्रा अन्य नयाँ उत्पादनहरु पनि चाँडै ल्याउने छौं । हाम्रो ब्रान्डप्रति ग्राहकको रोजाइ केन्द्रित गरी बाथरुम बजारको लहर परिर्वन गर्ने हाम्रो ध्यय रहेको छ ।”

बजारको मागलाई ध्यान दिइ हाम्रा विभिन्न उत्पादनहरुमा उपलब्ध गराएको कस्टुमाइज्ड Petite EWC मा उत्कृष्ट गुणस्तरीयता सुनिश्चित गर्दै दशवर्षको वारेन्टी कम्पनीले दिएको छ ।

यी सामग्रीहरुले ग्राहकलाई विभिन्न ठाउँमा भौतारिने समस्याबाट मुक्ती दिलाउने छन् । त्यसैगरी प्यारीवेयरको नल्कीहरु Droplet, Coral Pro and Agate pro उच्च गुणस्तरीय, डिजाइन र कामको दृष्टिकोणले उत्कृष्ट छन् जसमा अन्तर्राष्ट्रिय स्तरका डिजाइन, स्टाइल र सुन्दरता समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment