Comments Add Comment

नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेवा सम्झौता


११ फागुन, काठमाडौं । जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेप तथाकर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत झन्झटरहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरतासँगै आज यस बैंक र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बिचबैंकासुरेन्स सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयवहादुर शाहले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, पि्रमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्तगर्न सक्नुहुनेछ ।

यसबाट ग्राहकहरुले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बीमा सम्बन्धि सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment