Comments Add Comment

विश्वकप छनोटमा नेपालको लक्ष्य ‘सुपर सिक्स’

११ फागुन, काठमाडौं । विश्वकप छनोट खेल्न जिम्बाब्वे उड्ने तयारी गर्दै गर्दा नेपालले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलि भोलि शनिबार जिम्बाब्वे प्रस्तान गर्नेछ ।

दुई अभ्यास खेलपछि फागुन २० मा घरेलु टोलीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बीमा रहेको नेपालले अफगानिस्तान, हङकङ, स्कटल्याण्ड पनि खेल्नुपर्नेछ ।

प्रशिक्षक जगत टमाटाले विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्स भएको बताए । ‘विश्वकप खेल्ने सपना त छ तर, अहिले हाम्रो लक्ष्य सुपर सिक्स हो’ उनले भने ।

हरेक समूहका तीन शीर्ष टोली सुपर सिक्समा पुग्नेछन् । यदि नेपालले सुपर सिक्समा स्थान बनाउन सक्यो भने समूह एबाट आउने टिमहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

समूह एमा वेष्टइण्डिज, आइरल्याण्ड, नेदरल्याड्स, पपुवा न्यूगिनी र यएई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment