Comments Add Comment

शुक्रबारका टप १० समाचार : ओलीको जन्मदिन, बादलको चुनौती, कुलमानको ‘इनर्जी बै‌ंक’

११ फागुन, काठमाडौं । शुक्रबार अनलाइनखबरमा पोस्ट भएका धेरै समाचारमध्ये प्रधानमन्त्रीको जन्मदिन, माओवादीभित्रको विवाद, अपराध, क्रिकेट र मनोरञ्जसम्बन्धी केही समाचार बढी पढिएकाको सूचीमा परेका छन् ।
अनलाइनखबरका टप १० समाचार तपाईले छुटाउनुभयो कि?

१. माओवादीमा दुई गुटः प्रचण्डलाई बादलको चुनौती

वैद्य समूहमा रहँदा राजनीतिमा असफल बनेका रामबहादुर थापा बादल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्केपछि भने उनले सिंगै पार्टी अघोषितरुपमा कब्जा गर्न सफल बनेका छन् ।

रामबहादुर थापा वादल तिनै नेता हुन्, जसलाई जनयुद्ध सुरु भएको केही वर्षपछि नै प्रचण्डले ‘लिन प्याओवादी नेता’ को उपमा दिएका थिए । ‘लिन प्याओ’ त्यस्ता चिनिया नेता थिए, जसले अध्यक्ष माओको प्रशंसा गर्दै उनको उत्तराधिकारी बनेर माओवादीलाई सिध्याउने असफल प्रयास गरेका थिए ।

२ ‍. वाम भागवण्डा : राष्ट्रपति एमाले, सभामुख माओवादी

एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।

नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिनेछ ।

३.  कुन-कुन मन्त्रालय खारेज भए ? आफ्नो मन्त्रालयबारे मन्त्री नै अन्योल !

शुक्रवारको मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ मा झारे लगत्तै हामीले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डिलाई सोध्यौं-अब तपाईलाई हामीले कुन मन्त्री भनेर लेख्ने ?

किनकी एमाले र माओवादीबीच बाँडफाँट भएका भनिएका मन्त्रालयको संख्यामा जनसंख्या तथा वातावरण मन्त्रालयको अलग अस्तित्व छैन ।

हाम्रो पटक पटकको प्रयासपछि फोन सम्पर्कमा आएका पण्डितले भने-खोइ अहिले कुन मन्त्रालय भन्ने ? अहिले टुंगिएकै छैन । मन्त्रालयको संख्या १७ मा झारिएको छ,अरु मिलाउनै बाँकी छ ।

४. फेन्सी पसलभित्रै बैंक १ ४ करोड नगदसहित सञ्चालक पक्राउ

बैंक, फाइनान्स र सहकारीले बैंकिङ कारोबार गर्नु स्वाभाविकै हो । तर, इलेक्ट्रोनिक सप्लायर्स र फेन्सी पसलले पनि बैंकमा जस्तै खाता खोल्छन् र नगद जम्मा गर्छन् भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।

अन्यत्र थाहा छैन, तर पूर्वीनेपालको सुनसरी र मोरङका केही पसलेहरुले बैंकिङ कारोबार गरेको पाइएको छ

खलनायक राजेन्द्र खड्गीः द्वन्द्व छाडेर मानव बेचविखनतिर !

५ . प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै पारसले भने- यो कार्यकालमा क्रिकेट रंगशाला बनोस्

विश्वकप छनोट प्रतियोगिता खेल्न भोलि जिम्बाब्वे जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् ।

बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा खेलाडीहरुले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

कप्तान पारस खड्काले सम्पूर्ण खेलाडीहरुको तर्फबाट जन्मदिनको शुभकामना दिए ।

नेपाल विश्वकप छनोटमा पुगेसँगै क्रिकेटको माहोल तातेको भन्दै उनले राज्यले पनि खेलमा लगानी गर्ने बेला आएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको पाँच वर्षे कार्यकालमा क्रिकेट र फुटबल रंगशाला बन्छ भन्ने अपेक्षा छ ।’

६. भारतमा रिसइबी, नेपालमा ल्याएर हत्या

फागुन ४ गते बिहान, बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा पूर्वपश्चिम बग्ने गण्डक नहर किनारमा एउटा शव भेटियो । उनी थिए, भारत रक्सौल १० काली मन्दिर रोड बस्ने २२ बर्षका मनिषकुमार नारायण ।

मनिषको घर भारतको घोडाहसनमा फागुन ११ गते हुने विवाहको तयारी चल्दै थियो । उनी आफ्ना साथीभाई र इष्टमित्रलाई बिहेको निमन्त्रणा पत्र बाँड्न ब्यस्त थिए ।

उनलाई तीन दिन अघिदेखि नै साथीहरु सन्तोष गुप्ता र राहुल पटेलले बिहेको निमन्त्रणा बाँड्न सँगै वीरगञ्ज जाने प्रस्ताव गरेका थिए, उनी मानिरहेका थिएनन् ।

७. कुलमानको ‘इनर्जी बैकिङ’ : मान्ला त भारतीय पक्षले !

विद्युत् प्राधिकरणले सुख्खायाममा हुने विद्युत् अभाव टार्न ‘इनर्जी बैंकिङ’को अवधारणा ल्याएको छ । वर्षायाममा उत्पादित बिजुली भारत निर्यात् गर्ने र सुख्खामा उताबाट लिने अवधारणा हो यो ।

आगामी ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले भारतसँग यस्तो प्रस्ताव लैजाँदैछ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै नेपाललाई बढी हुने बिजुली भारत पठाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना छ ।

८. छोरी अन्माउनुअघि दिपकराज गिरीको भावुक स्टाटस

हास्यकलाकार दिपकराज गिरी फेसबुकमा घोचपेच र हास्यरसयुक्त स्टाटस लेख्न माहिर छन् । तर, आज भने उनले भावुक स्टाटस लेखे ।

छोरी मौसमीसँगको तस्वीर पोष्ट गर्दै उनले लेखेका छन्, ‘हातका औंलाहरु धेरै हुन्छन् र तीनका नाम पनि भिन्न-भिन्न छन् । मुटु एउटै हुन्छ, र त्यसको नाम मुटु हो ।’

उनले आफ्नी छोरीलाई ‘मुटु’ को संज्ञा दिएकी हुन् । उनकी एक मात्र छोरी मौसमी भोली बिवाहबन्धनमा बाँधिदैछिन् । नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग उनको गत माघ २४ गते इंगेजमेन्ट भएको थियो ।

९.  विश्वकप छनोटमा नेपालको लक्ष्य ‘सुपर सिक्स’

विश्वकप छनोट खेल्न जिम्बाब्वे उड्ने तयारी गर्दै गर्दा नेपालले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलि भोलि शनिबार जिम्बाब्वे प्रस्तान गर्नेछ ।

दुई अभ्यास खेलपछि फागुन २० मा घरेलु टोलीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बीमा रहेको नेपालले अफगानिस्तान, हङकङ, स्कटल्याण्ड पनि खेल्नुपर्नेछ ।

र यो पनि

एक लिटर इन्धनले कति उड्छ हवाईजहाज !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment