Comments Add Comment

वरुण धवनले विहे गर्ने पक्कापक्की भएकै हो ?

बलिउडमा लभ, रोमान्स, डेट र ब्रेकअपको चक्र घुमिरहन्छ । कुन सेलिब्रेटी कोसाग डेट गरिरहेका छन् भन्ने कुरा मिडियाको मसला बन्छ । सेलिब्रेटीको लभ लाइफबारे अक्सर चासो राखिन्छ । उनीहरुको डेट र रोमान्सको चियोचर्चा गरिन्छ । यस्तो पृष्टभूमीमा आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्नु निकै गाह्रो काम हो ।

यस्तै गाह्रो काम गरेका छन्, वरुण धवन । पछिल्लो छिमकलका जल्दाबल्दा अभिनेता वरुण प्रेम सम्बन्धमा रहेको खुलासा त्यसबेला मात्र भयो, जब उनको बिहेको कुरा आयो ।

त्यसो त बलिउडमा रिलेसनमा भएदेखि नै आफ्नो सम्बन्धलाई सार्वजनिक गर्न हतारिनेहरु कम छैन । त्यही कति चाहि यस्ता सम्बन्धलाई त्यसबेलासम्म गोप्य राख्छन्, जब बिहेको टुंगो हुादैन ।

विराट-अनुष्का, दीपिका-रणवीर, सोनम- आनन्दको प्रेम र बिवाहको चर्चा त व्यापक छ । तर, अब चर्चा सुरु भएको छ, वरुणको । वरुण-नतशाको बिहे हुने खबर छ । खबर अनुसार वरुणले आफ्ना बाल्यकालकी साथी नताशा दलालसाग बिवाह गर्दैछन् । उनीहरुको बिहे अंग्रेजी महिनाको मे अतवा जुन महिनाभित्र हुने भएको छ ।

हुन त उनीहरुको विवाहबारे आधिकारिक रुपमा केही भनिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment