Comments Add Comment

सलमानले किन बिहे गरेनन् ? यस्तो छ उनको तर्क

सलमान खानको सन्दर्भमा गरिने एउटा प्रश्न हो, ‘किन यत्तिका उमेरसम्म पनि बिहे नगरेको ?’ उनले यसको उत्तर पटक-पटक दिइसकेका छन् । यद्यपी उनीसँग यो स्पष्टिकरण भने लिने क्रम रोकिदैन ।

बलिउड सुन्दरीसँग लभ-रोमान्स गर्न भ्याउने सलमानलाई बिहे गर्ने फुर्सद नमिलेको हो ? उनले बेफुसदिलो भएको कुरा कतै भनेका छैनन् । बरु हालै उनले यसो भनिदिए, ‘मसँग बिहे गर्ने पैसा नै छैन ।’

एउटै फिल्मबाट भारु ४०/५० करोड पारिश्रमिक लिने सलमानसँग बिहे गर्ने पैसा नभएको होला त ? सहजै पत्याउन गाह्रो पर्छ । तर, एक साक्षतकारमा उनले यहि कुरालाई जोड दिदै आफु सिंगल बस्नुको कारण बताए ।

सलमान आफ्नो कमाईको केही हिस्सा समाजसेवामा खर्चन्छन् । यसै प्रसंगमा उनको बिहेको कुरा आएको थियो । उनी भन्दै थिए, ‘म खुब च्यारिटी गर्छु । तर कहिले काहिँ मकहाँ केहि व्यक्ति दुई/अढाई लाख सहयोग माग्दै आउँछ । उनीहरुले आफ्ना छोरीको बिहेका लागि पैसा चाहिएको भन्छन् । तर म यस्ता व्यत्तिको सहयोग गर्न सक्दिन । किनभने मेरा पिता -सलीम खान) स्वंमले १ सय ८० रुपैयाँमा बिहे गरेका थिए ।’

सलमानले अगाडि थपे, ‘मलाई लाग्छ कि, यो केवल सूरज बडजात्यको गल्ती हो । किनभने उनले आफ्नो फिल्म ‘हम आपके है कौन’, ‘हम साथ साथ है’ मा महंगो बिवाहको प्रचलन सुरु गरे । त्यसैले अहिले बिहेमा लाखौं, करोडौं खर्च गर्ने बानी पर्‍यो । मेरो कुरा गर्नुहुन्छ भने, मसँग यति धेरै पैसा छैन कि जसले बिहे गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment