Comments Add Comment

कांग्रेस संसदीय दलको बैठक जारी, विधान र संसदीय दलको नेताबारे छलफल


१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि कांग्रेसले दलको नेता चयन गरेको छैन । यसकै तयारीका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको जानकारी नेताहरुले दिएका छन् ।

बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सदस्यहरु सहभागी छन् । कांग्रेसकाे प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको नेता चयन, विधान संशोधन बैठकको मुख्य एजेण्डा भएको जानकारी दिए । शर्माका अनुसार अघिल्लो विधानले राष्ट्रियसभा नचिनेकाले विधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।

आजको बैठकले दलको नेता चयन प्रक्रिया सुरु गरे पनि सांसद्ले शपथ लिएपछि मात्रै नेता चयन गर्ने तयारी रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । यसले संसदीय दलको नेता छनोट यसपटक प्रतिष्पर्धात्मक हुने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment