Comments Add Comment

दुनियाँकै छोटो पेन्सिल बनाएर विश्व कीर्तिमान


रेकर्ड राख्ने दाउ पनि कस्ता-कस्ता ? भारतमा एकजना व्यक्तिले दुनियाँकै छोटो पेन्सिल बनाएर वर्ल्ड रेकर्ड कायम गरेका छन् ।

उत्तराखण्ड राज्यका बासिन्दा प्रकाशचन्द्र उपाध्यायले विश्वको सबैभन्दा छोटो पेन्सिल बनाउन सफल भएका हुन् ।

उनले तयार गरेको उक्त पेन्सिलको लम्बाई ५ मिलिमिटर तथा मोटाई ०.५ मिलिमिटर रहेको छ । पेन्सिल काठ तथा ग्राफाइटबाट बनेको छ ।

हल्द्वानी सहरमा बस्ने उपाध्याय स्थानीय एक मेडिकल कलेजमा आर्टिस्टको रुपमा कार्यरत छन् । ४५ वर्षका उपाध्यायले ३/४ दिनमै दुनियाको सबैभन्दा सानो पेन्सिल बनाउन सफल भएका हुन् । पेन्सिल बनाउनका लागि उनले सलाइँको काँटी प्रयोग गरेका छन् ।

सलाईँको काँटीलाई पेन्सिलको बाहिर काठको रुपमा र बजारमा बिक्ने पेन्सिलको लिडलाई त्यसभित्र घुसाएर उनले दुनियाकै सानो पेन्सिल तयार गरे ।

उनको यो कीर्तिमान सुरुमा वर्ल्ड रेकर्डस् रिसर्च फाउन्डेसनमा पेश गरिएको थियो । अन्ततः यो वर्ल्ड रेकर्डमा सामेल भएको छ ।

स्मरणहाेस् प्रकाशचन्द्रको यो पहिलो कीर्तिमानी भने होइन । यसअघि उनले दुईवटा विश्वकीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । सन् २०१५ मा विश्वको सबैभन्दा सानो किताब तयार पारी कीर्तिमान कायम गरेका उनले त्यसपछि विश्वको सबैभन्दा सानो हस्तनिर्मित धार्मिक पुस्तक, हनुमान चालिसा तयार गरेर अर्को रेकर्ड कायम गरे ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment