Comments Add Comment

कास्टिङ काउचको प्रसंगमा आइटम गर्लको यस्तो खुलासा

बलिउडमा कास्टिङ काउचको प्रसंग बेलाबखत तातिने गर्छ । यस विषयमा केही सेलिब्रेटीले आ-आफ्नो अनुभव पनि खुलासा गरिसकेका छन् । यसै सिलसिलामा जोडिएकी छिन्, उर्वशी रौतेला ।

हृतिक रोशनको फिल्म ‘काबिल’को सुपरहिट गीत ‘हसीनो का दीवाना’मा नाचेर तहल्का मच्याएकी उनी अहिले फिल्म ‘हेट स्टोरी-४’को कारण चर्चामा छिन् ।

यसैबीच उनले हालै एक अन्र्तवार्तामा कास्टिङ काउच समग्र बलिउड उद्योगकै अध्याँरो पक्ष भएको बताएकी छिन् । कास्टिङ काउचको नाममा अभिनेत्रीमाथि हुने यौनजन्य दुव्र्यवारको बारेमा आफुले धेरै पटक सुन्नु परेको उनको भनाई छ । हावा नचली पात हल्लदैन भनेझै उर्वशी रौतेला पनि कास्टिङ काउचको नाममा हुने पर्दा पछाडिको खेल त्यसै बाहिर नआएको बताउँछिन् ।

उनी भन्छिन्, ‘युवतीहरु फिल्ममा काम गर्ने सपना लिएर यहाँ आइपुग्छन् । फिल्ममा अभिनय गर्नु कुनै जोक होइन । यो सामान्य कुरा होइन । फिल्ममा आउनुअअघि आफ्नो क्षमतामा पुर्ण विश्वास हुनुपर्छ । मानसिक तयारी गरेर आउनुपर्छ ।’

लहडमा आउने युवतीहरु कास्टिङ काउचको शिकार बन्ने उनको आशय थियो ।

कास्टिङ काउचको नाममा निर्माता/निर्देशकले नव-प्रवेशी अभिनेत्रीमाथि यौनजन्य व्यवहार गर्ने व्यापक चलन छ । थुप्रै बलिउड अभिनेत्री करियरको पूवार्द्धमा कास्टिङ काउचको शिकार भएको स्विकार्ने गर्छिन् ।

बलिउडमा आइटर नम्बर्सका लागि चर्चित उर्वसी रौतेल अब फिल्म ‘हेट स्टोरी- ४’ मा मूख्य भूमिकामा देखिदैछन् । विशाल पान्ड्याले निर्देशन गरेको फिल्म मार्च ९ मा सार्वजनिक हुनेछ । यस फिल्ममा हिमेश रेशमियाको गीत ‘नाम है तेरा’को नयाँ संस्करणमा पनि उनी पर्फमेन्स गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment