Comments Add Comment

मृत छोराको वीर्यबाट राजश्री यसरी बनिन् हजुरआमा

दुई वर्ष पहिले क्यान्सरका कारण छोरा गुमाएकी एक आमाले उनलाई ‘पुनर्जीवित’ गरेकी छन् । पुणेकी ४९ वर्षीया शिक्षक राजश्री पाटिलले एक सेरोगेट आमाको मदतमा अविवाहित छोरा प्रथमेशको जुम्ल्याह बच्चा पाएकी हुन् ।

यो कुनै चमत्कार होइन, विज्ञानको कमाल हो । जसले एक आमाको अनुहारमा फेरि मुस्कान ल्याएको छ ।

प्रथमेशको जुम्ल्याह बच्चाको जन्म उनको शुक्राणुको मदतमा भएको हो, जुन उनको मृत्यु अघि सुरक्षित राखिएको थियो ।

प्रथमेश अध्ययनका लागि सन् २०१० मा जर्मनी गएका थिए । २०१३ मा ब्रेन ट्यूमर भयो, जुन खतरनाक स्तरमा पुगेको थियो । त्यसक्रममा उनको विर्य संरक्षण गरियो र त्यही प्रयोग गरेर ३५ वर्षीया सेरोगेट आमाले एक छोरा र एक छोरीलाई जन्म दिएकी छन् ।

राजश्री पाटिलले भनेकी छन्, ‘मैले मेरो प्रथमेसलाई फेरि पाएँ । म आफ्नो छोरासँग निकै नजिक थिएँ । उनी राम्रो पढ्थे र जर्मनीमा इन्जिनियरिङमा मास्टर डिग्रीको पढाइ गरिरहेका थिए । त्यही क्रममा चौथो स्टेजको क्यान्सर भएको पत्ता लाग्यो । डाक्टरले केमोथेरापी सुरु गर्न अद्धि वीर्य संरक्षित गर्न आग्रह गर्‍यो ।’

प्रथमेसले आफ्नो मृत्युपछि आफ्नो वीर्यको नमूना प्रयोगका लागि आमा र बहिनालाई अधिकार दिएका थिए । राजश्रीलाई त्यसबेलासम्म थाहा थिएन कि यसको मदतले उनले ‘आफ्नो छोरा फिर्ता’ पाउँछन् ।

मृत प्रथमेसको संरक्षित वीर्यलाई एक गैर-पारिवारिक दाताको शुक्राणुसँग मेल गराइयो र एक आफन्तको गर्भमा राखियो ।

राजश्रीले दिवंगत छोराको संरक्षित वीर्य सेरोजेट पि्रग्नेन्सीमा प्रयोग गरिन् र १२ फेब्रुअरीमा बच्चा जन्मिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment