Comments Add Comment

प्रेमीसँगै सुन्धारा पुगेकी युवती मृत भेटिइन्

१२ फागुन, काठमाडौं । सुन्धारास्थित होटलमा शनिबार बिहान एक युवती मृत भेटिएकी छन् । उदयपुरको कटारी–९ घर भइ हाल हात्तिवन बस्दै आएकी २४ वर्षीय सर्मिला राउत सुन्धारास्थित निकुद गेष्ट हाउसको १०४ नम्बर कोठामा मृत भेटिएकी हुन् ।

उनी सिन्धुलीको दुधौली नगरपालिका–३ का २३ वर्षीय विशाल खड्कासँगै होटलमा पुगेकी थिइन् ।

खड्का र राउत करिब डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

होटल सञ्चालक सुन्दर श्रेष्ठले खबर गरेपछि महानगरीय प्रहरी वृत, जनसेवा र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घघटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।

प्रहरीका अनुसार राति उनीहरुसँगै थप दुई युवक होटलमा पुगेका थिए, जो ५०१ नं. कोठामा बसेका थिए । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रेमीसहित ३ जनालाई नियन्त्रण लिएको छ ।

सँगै सुतेको विहान उठ्दा झुण्डिएको देखेँः युवक

प्रारम्भीक अनुसन्धानका क्रममा खड्का र राउत बिहान ३ बजे मात्र होटलमा प्रवेश गरेको भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार खड्का र राउत शुक्रबार राति १ बजेसम्म कोटेश्वरस्थित एक होटलमा बसेका थिए । त्यसपछि उनीहरुबीच घर जाने कुरा हुन्छ । तर, रात छिप्पिसकेकाले युवकले तिलगंगातिर कोठा खोजे तर, पाएनन् । होटल खोज्ने क्रममा सुन्धारा पुगेका हुन् ।

युवकले प्रहरीसामू आफूहरुसँगै सुतेको र बिहान राउतलाई सिलिङ फ्यानमा झुण्डी राखेको देखेको बताएका छन् । ‘सलमा झुण्डी रहेको देखेपछि बाँच्छिन् होला भनेर हत्तपत्त निकालेँ’, उनले वयानका क्रममा भनेका छन्, ‘तर, धेरै ढिला भइसकेछ ।’

यद्यपि, प्रहरीले घटना शंकास्पद भएको आशंका गरेको छ ।

दुवै जना काठमाडौंको एक फाइनान्स कम्पनीमा कार्यरत थिए । युवतीले तीन महिनाअघि मात्रै जागिर छाडेर म्यानपावरमा काम गर्न थालेकी थिइन् ।

जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले युवतीको शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा लगिएको बताए ।

‘पोष्टमार्टमका लागि शव पठाएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘घटना के हो भन्ने बारेमा पोष्टमार्टमको रिपोर्टपछि मात्रै थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment