Comments Add Comment

आज हावाहुरी र मेघ गर्जनसहित पानी पर्छः मौसमविद

फाइल तस्वीर

१३ फागुन, काठमाडौं । पश्चिम र मध्य नेपालका धेरैजसो क्षेत्रमा आइतबार हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।

मौसमविद विभूति पोखरेलले पश्चिमी वायुको प्रभावले देशभरी नै बदली भएको र केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताइन् ।

‘आज लगभग बदली नै रहने देखिएको छ । एकछिन खुल्ने र फेरि बदली हुने भइरहन्छ,’ पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘पानी पर्ने सम्भावना पनि देखिएको छ । पानीसँगै हावाहुरी, मेघगर्जनको सम्भावना पनि छ ।’

अहिले पश्चिमतिर प्राय बदलीकै अवस्था छ । यो बिस्तार मध्य हुँदै पूर्वतिर सरिरहेको छ । त्यसैले आज दिनभरी मौसममा बदलीकै अवस्था रहने पोखरेलको भनाइ छ ।

उनले भनिन्, ‘पश्चिम र मध्यका केही स्थान र पूर्वका सबै ठाउँमा होइन, पहाडीका थोरै स्थानमा हावाहुरी र पानीको सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment